Latest News

बेहुली छाडेर बेहुला भागेपछि सडकमै कुदाकुद, हेर्नुहोस् भिडिओसहित

Nepalese Times September 2, 2022 (1 Year ago)    1032 Views

काठमाडौं । भारतको बिहारको नवादा जिल्लास्थित महुली गाउँकी गुड्डी कुमारीको विवाह महकार गाउँका सन्दीप कुमारसँग हुँदैथियो । पहिला दुवै जना फोनमा कुराकानी गर्थे ।

बिहीवार केटीलाई हेर्न केटा गाउँमै पुगे । गाउँलेले केटालाई देखेपछि तत्कालै विवाह गर्न खोजियो । शुरूमा केटा विवाहका लागि तयार थिएनन् तर पछि राजी भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गाउँलेले विवाह गर्न दबाब दिएपछि ‘नवादा सिभिल कोर्ट’मा विवाह गर्ने निधो भयो । बेहुला–बेहुली दुवै अदालत पुगेका थिए। अदालतमा वकिलले बेहुलालाई कागजमा हस्ताक्षर गर्न भनेपछि उनी कलम नै फालेर भागे ।

बेहुला भागेपछि बेहुली पनि पछिपछि भागेकी थिइन् । सडकमा दौडधूप देखिएको थियो । सबै मिलेर सन्दीपलाई छोपेर प्रहरीको जिम्मा लगाइएको थियो । प्रहरीको रोहबरमा मन्दिरमा दुवैको विवाह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस