Latest News

चुनाव नजिकिदै जाँदा राप्रपा प्रवेश गर्ने लहर

Nepalese Times August 29, 2022 (1 Year ago)    368 Views

काठमाडौं । चुनाव नजिकिदै जाँदा राप्रपा प्रवेश गर्ने लहर चलेको छ । दिनहुँजसो पार्टी प्रवेश कार्यक्रममा व्यस्त हुने गरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापाको आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कचनकबल गाउँपालिकामा गत स्थानीय तहमा माओवादी केन्द्रका वडा अध्यक्षका उमेदवारलाई पार्टीमा प्रवेश गराएकै दिन काठमाडौंमा अर्को पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आइपुगे ।

काठमाडौंमा जनता समाजवादी पार्टी नेपालकाे राज्य समिति सदस्य तथा काठमाडौ जिल्ला सचिव रहर बहादुर खड्का, महिला संगठन केन्द्रीय सदस्य तथा काठमाडौ जिल्ला सदस्य अनुराधा सिलवाल, कमला ढकाल कामनपा ४ सचिव, सुरेश श्रेष्ठ – काठमाडौ जिल्ला सदस्य, राेशन थापा कामनपा वडा ५ अध्यक्ष, रिता उप्रेती काठमाडौ ४, सीता उप्रेती काठमाडौ ४ राप्रपा प्रवेश गरेका छन् ।

यस्तै सरस्वती सिह थापा काठमाडौ ५, नारायण नापित काठमाडौ ५, सुमन तण्डुकार काठमाडौ ५, दिवाकर थापामगर काठमाडौ ५, भिमप्रकाश खड्का काठमाडौ ४, भाजुराम श्रेष्ठ बिगु ५- काठमाडौ, मदन कुमार खड्का-काठमाडौ-२९, राम बहादुर खत्री काठमाडौ -३, रबिन्द्र खड्का बिगु ५ काठमाडौ, बिनु राणा सिवाकोटी काठमाडौ, राजन सिँ केसी – काठमाडौ – ४ पनि राप्रपा प्रवेश गरेका छन् ।

यस्तै लेमदिकि शेर्पा – काठमाडौ -४, कुमारविक्रम कट्टेल-काठमाडौ -४, राजेश महर्जन – कानमपा – ४, ताेक्पे शेर्पा कानमपा – ४, प्रचण्ड विक्रम थापा – काठमाडौ, तेजवहादुर राउत – काठमाडौ, मिनु राणा -काठमाडौ, सुभास निराैला – काठमाडौ लगायत ५४ जनालाई आज राप्रपामा प्रवेश गराएका छन् ।

प्रतिक्रिया दिनुहोस