Latest News

पार्टी पुनर्गठनकै दिन माधव नेपाललाई धक्का, प्रदेश अध्यक्षले छाडे एकीकृत समाजवादी

Nepalese Times August 25, 2022 (2 Year ago)    352 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रमबहादुर शाहीले पार्टी परित्यागको घोषणा गरेका छन्।पार्टीको सातौं स्थायी कमिटी बैठकले शाहीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको थियो। विगत ५/६ महिनादेखि पार्टी काम छाडेर निष्क्रिय रहेको भन्दे आजबाट कुनै दलसँग आवद्ध नरहेको घोषणा शाहीले गरेका छन्।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन्, ‘२०५४ सालमा वामदेव‘फुट्बाट पनि शक्ति प्राप्त हुन्छ’ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिँदै उनको पछि लागे। गत वर्षपनि पुनर्गठनका नाममा माधव नेपालको नेतृतवमा पार्टी विभाजन भयो त्यसको पछाडि लाग्नेमा म पनि थिएँ।’

पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरुलाई मात्रै फाइदा पुर्याएको शाहीको विश्लेषण छ। ‘पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरुको नै फाइदा पुर्यायो,’ शाहीले भनेका छन्, ‘त्यसवापदको पछुतो र आत्मग्लानि भएको छ।’

उनले आजको मितिबाट कुनै दलसँग आवद्ध नभएको घोषणा गरेका छन्। ‘विगत ५/६ महिनादेखि नै पार्टी काम छाडेर निष्क्रिय रहेको अस्वस्थ थियो भने आजका मितिदेखि म कुनै दलसँग आवद्ध नरहेको घोषणा गर्दछु,’ शाहीले भनेका छन्।

एकीकृत समाजवादी) ले आज (९ भदौ) पार्टी पुनर्गठन दिवस मनाउँदै छ। पार्टीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रूपमा मनाउन लागेको हो।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार दिउँसो १ बजे बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा पुनर्गठन दिवस मनाउने तयारी गरिएको छ।

एक वर्षे उपलब्धिबारे एकीकृत समाजवादी भन्छ : एमालेलाई सत्ताबाट झार्यौँ, कांग्रेससँग गठबन्धन बनायौँ

पार्टी पुनर्गठनपछि पहिलो परिणाम प्रतिगमनकारी एमालेको झुण्डलाई सत्ताबाट झारेको र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याएर संविधान जोगाएको दाबी समाजवादीले गरेको छ। पार्टीले हालसम्म ५ लाख सदस्यता वितरण गरिसकेको खतिवडाले बताए। २ लाख भन्दा बढी सदस्य पार्टीका विभिन्न कमिटीमा आवद्ध भइसकेको पनि उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस