Latest News

नबिल बैंकको न्यूरोड शाखा हटाउन बालेनको निर्देशन

Nepalese Times August 24, 2022 (2 Year ago)    385 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नबिल बैंकको न्यूरोड शाखा पनि हटाउन निर्देशन दिएका छन् । अवैधानिक रुपमा बनेका संरचना हटाउन बुधबार न्यूरोड गएका मेयर साहले बैंककको कार्यालय बेसमेन्टमा रहेको देखेपछि त्यसलाई हटाउन निर्देशन दिएको उनको स्वकीय सचिव भुपदेव शाहले बताए ।

‘न्यूरोडमा अवैधानिक रुमपा बनेका संरचना हटाउने र निरीक्षण गर्ने क्रममा नक्सापास विपरीत बेसमेन्टमा बैंकको कार्यालय रहेको देखेपछि बुधबारबाटै कार्यालय हटाउन निर्देशन दिनुभएको छ’ उनले भने ।

यस्तै काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मल र आरबी कम्प्लेक्सको अनधिकृत संरचना भत्काइदिएको छ । बुधबार महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो ।

भत्काउने क्रममा मेयर बालेन्द्र शाहसहितको टोली उपस्थित थियो । त्यस्तै नेपाल प्रहरी र महानगर प्रहरीको टोली पनि खटिएको थियो । यसअघि सोमबार महानगरले बानेश्वर क्षेत्रमा अन्य रूपमा प्रयोजन भइरहेका पार्किङ संरचना भत्काएको थियो । महानगरले ३५ दिने सूचना दिँदा पनि अटेरी गरेपछि अनधिकृत संरचना भत्काएको जनाएको छ ।

दुई दिनअघि बानेश्वर प्लाजाबाट थालिएको अभियानलाई महानगरले बुधबार काठमाडौं मलअगाडिको संरचना भत्काएर निरन्तरता दियो।सुन्धारास्थित काठमाडौं मलअगाडि रहेका अवैध संरचना भत्काएपछि मेयर बालेन शाह खिचापोखरी नजिकैको आरबी कम्प्लेक्स पुगे। त्यहाँ पुगेर पार्किङका लागि भनेर नक्सा पास गरिएको स्थानमा चलाइएको आरबी क्याफे तत्काल हटाउन शाहले निर्देशन दिएका छन्।

पार्किङका लागि नक्सा पास भएको स्थानमा बनाइएको क्याफे खाली नगरिए भत्काएर हटाउने चेतावनीसहित उनी त्यहाँबाट फर्किएका छन्।बालेंनले सबै खाले अवैध संरचना हटाएरै छाड्ने बताएका छन् । बुधबार काठमाडौंको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा पुगेका उनले अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने बताए ।

अवैध संरचनामा डोजार नचलाउन अनुरोध गर्दै आएकाहरुलाई उनले भने, ‘काठमाडौं जिल्ला अदालतको समेत खाली गराइँदै छ,’ उनले थपे, ‘अवैध संरचना जसले बनाएको भए पनि त्यो कानुनको दायरामा ल्याइन्छ ।’

बबरमहलमा अत्याधुनिक शैलीमा बनाइएको अदालतको अन्डरग्राउन्ड पार्किङको प्रयोगमा छैन । जसका कारण व्यस्त सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस