Latest News

अमेरिकाले नेपाललाई झण्डै २ अर्ब अनुदान दिने घोषणा, कहाँ हुन्छ खर्च ?

Nepalese Times August 22, 2022 (1 Year ago)    1047 Views

काठमाडौँ — विश्व खाद्य संकटको सम्बोधन गर्न अमेरिकाले नेपाललाई १५ मिलियन अमेरिकी डलर (झन्डै २ अर्ब) अनुदान दिने घोषणा गरेको छ ।

अमेरिकाले नेपालसहित विश्वका ४७ मुलुकहरुलाई खाद्य, रासायनिक मल र इन्धनको मूल्य महंगीएसँगै त्यसबाट बढ्दो गरिबी, भोक र कुपोषणबाट बँच्न सहयोग रकम प्रदान गर्ने जनाएको छ ।

अमेरिकाले विश्व खाद्य संकटको लागि २.७६ बिलियन अमेरिकी डलर अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत् सहयोग गर्ने निर्णय गरेको थियो । सोही कार्यक्रम अन्तर्गत यूएसएआईडीमार्फत् नेपालले १५ मिलियन अमेरिकी डलर पाउन लागेको हो ।

उक्त सहयोग रुसले युक्रेनमाथि गरेको युद्धको कारण बढ्दै गरेको संकटबाट नेपालका प्रभावित मानिसलाई सहयोग गर्न दिइएको अमेरिकी राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पछिल्लो पटक जर्मनीमा जी–७ का नेताहरुको सम्मेलनमा खाद्य संकटका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

साथै, जी–७ का नेताहरुले पनि विश्व खाद्य संकटलाई सम्बोधन गर्ने प्रतिवद्धता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस