Latest News

ऋषी धमला पत्नी एलिजा गौतमको सारी डान्स भाइरल

Nepalese Times August 21, 2022 (1 Year ago)    998 Views

काठमाडौं – तिज नजिकेसँगै चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतमले गरेको तीज गीतमा गरेको नृत्य अहिले भाइरल बनेको छ । उनले हालै आफ्नो इन्स्ताग्राममा सारि लगाइ हट डाण्स गरेको भिडियो भाइरल बनेको हो । उनले गरेको उक्त नृत्यमा विभिन्न खाले प्रतिकृया आइरहेका छन् ।

छोटो फुटेज मात्रै सार्वजनिक भएकाले यो डान्स कहिले र कहाँ गरेको भन्ने खुलेको छैन । एलिजा अहिले क्यानाडामा छिन् । सम्भवतै क्यानाडामा नै तिजको अवसरमा आयोजित पार्टी हुन सक्छ । उनी आफैंले इन्टाग्राममा यो क्लीप सेयर गरेपछि भाइरल भएको हो ।

एलिजाले गर्न खोजेको यो डान्स स्टेपलाई ‘ट्वाेर्क’ भनिन्छ । यो भनेको पुठ्ठा मात्रै हल्लाएर सेक्सी तरिकाले गरिने डान्स हो । तर, एलिजाले खासै पारा ल्याएकी छैनन् ।

पश्चिमा समाजमा प्रचलित यो डान्स स्टेप अहिले नेपालका डान्स पार्टीहरुमा पनि खुबै देखिन थालेको छ । अहिले तिज डान्समा धेरै महिलाहरु यो स्टेप गरिरहेका छन् । एलिजाले गरेपछि त टिकटकमा भाइरल नै भएको छ ।

एलिजालाई ग्ल्यामर फिल्डमा निकै रुची छ । उनलाई नायिका बनाउनका लागि श्रीमान ऋषिले ‘अनुराग’ चलचित्र निर्माण गरिदिएका थिए । तर, उक्त चलचित्रले दर्शक पाउन सकेन ।

त्यसपछि एलिजाले केही म्युजिक भिडियोमा काम गरेकी छन् । यद्यपि, उनले चाहेको सफलता मिलेको छैन । आफैंले पैसा हालेर म्युजिक भिडियो खेलेको आरोपसमेत लाग्छ । तर, जे भए पनि एलिजालाई चर्चाको भने कमि छैन ।

उनले त्यो हट डाण्स स्टेपमा फ्यानहरूले निकै मन पराइरहेका छन् ।लचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरेकी एलिजा आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा निकै चल्यो । उनी फिल्ममा नजमे पनि म्युजिक भिडियामा भने व्यस्त हुन थालेकी छन् ।

त्यस्तै सामाजिक कार्यमा पनि हात बढाइरहेकी उनको व्यस्तता उत्तिकै बढ्दो छ । उनी प्राय निकै खुलेर फोटोशुट गरे राखेकी हुन्छिन् । उनका ती हट फोटोशुटले पनि उस्तै चर्चा पाएका हुन्छन् दुई सन्तानकी आमा हुँदा पनि उनको सुन्दरताका कुनै कमी आएको छैन् ।

@alizagautamofficial0 #alizagautam #fypシ #fyp #foryoupage #foryourpages #torontolife #torontotiktok #nepaliviral #nepaliviraltiktok #nepalimuser #rishidhamala #@Rishi Dhamala ♬ original sound – ICONX FAMILY

प्रतिक्रिया दिनुहोस