Latest News

श्रीमानले आफूसँग कहिल्यै शारीरिक सम्बन्ध नराखेको भन्दै यि महिला पुगिन् अदालत

Nepalese Times August 20, 2022 (1 Year ago)    1134 Views

काठमाडौं ।

भारतको मध्य प्रदेशको इन्दौरमा श्रीमान्–श्रीमतीबीचको अनौठो घटना बाहिर आएको छ । दियालेश्वर (नाम परिर्वतन) नाम गरेका एक व्यक्तिलाई श्रीमतीले गम्भीर आरोप लगाएकी छिन् ।

श्रीमतीका अनुसार उनी साँझ परेपछि महिलाहरूजस्तै सजिएर बस्छन् । उनले श्रीमानले आफूसँग सम्बन्ध नराखेको बताएकी छन् । महिलाले श्रीमान अर्को कोठामा गएर सुत्ने गरेको बताइन् । महिलाका श्रीमान् पेसाले इन्जिनियर हुन् ।

पीडित महिलाका अनुसार उनका श्रीमानले राति सुत्नुअघि महिलाको मेकअप गर्छन् र उनीसँग प्रेम पनि गर्दैनन् । त्यसपछि पीडित महिलाले न्यायका लागि जिल्ला अदालतमा निवेदन दिएपछि अदालतले पीडित पत्नीलाई भत्ता दिन पतिलाई आदेश दिएको छ ।

इन्दौर निवासी पीडितको विवाह आरोपी इन्जिनियर दियालेश्वरसँग २९ अप्रिल २०१८ मा भएको थियो । महिलाका अनुसार उनका घरकाले उनलाई केही दिनसम्म राम्रोसँग राखे । तर, पछि सानातिना कुरामा श्रीमानसहित परिवारले कचकच गर्न थाले ।

पीडितका अनुसार आरोपित र उनका परिवारका सदस्यले उनीसँग दैनिक खर्चका लागि पैसा माग्ने गर्थे र नदिँदा छुट्टै कोठामा थुनेर राखे । पेशाले इन्जिनियर भएका श्रीमानले श्रीमतीलाई इन्दौरबाट पुणे लगेर त्यहाँ कुटपिट गर्ने गरेको पीडितका वकिलले बताए ।

अभियुक्त श्रीमानले श्रीमतीसँग सम्बन्ध नराखेको र सबै खर्च श्रीमतीबाट नै लिने गरेको वकिलले बताए । अभियुक्तले बेलुकी निधारमा बिन्दी, ओठमा लिपस्टिक, झुम्का लगाएर महिलालाई मानसिक यातना दिने गरेको पीडितका वकिलले बताए ।

पीडित महिलाका अनुसार श्रीमानले महिलाको लुगा लगाएको तस्बिर खिचेकी थिइन् र भिडियो पनि बनाएकी थिइन् । जुन १२, २०२० मा दियालेश्वर (अभियुक्त पति)ले आफ्नी श्रीमतीलाई इन्दौर ल्याएर माइतीमा छोडेको पीडितले बताइन् ।

यसपछि पीडित महिलाले महिला प्रहरी चौकीमा किटानी जाहेरी दिएकी थिइन्, जसमा उनले श्रीमानले आफूसँग वैवाहिक सम्बन्ध नरहेको र शारीरिक तथा मानसिक यातना दिएको आरोप लगाएकी थिइन् । त्यसपछि जिल्ला अदालतले आरोपी दियालेश्वरको धरौटीको निवेदन खारेज गर्दै जेल चलान गरेको थियो ।

दुवै पक्षको सुनुवाइपछि अदालतले पीडित श्रीमतीलाई पतिले मासिक ३० हजार रुपैयाँ भत्ता दिनुपर्ने आदेश दिएको छ । २०२१ मार्चदेखि मुद्दा दायर भएको समयदेखि अभियुक्तलाई रकम तिर्न आदेश दिइएको छ।

प्रतिक्रिया दिनुहोस