Latest News

काठमाण्डौको फोहर उठाउन नसक्नु लज्जास्पद– विश्वप्रकाश शर्मा

Nepalese Times August 19, 2022 (2 Year ago)    355 Views

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाण्डौ उपत्यकाको फोहर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् ।

शुक्रवार काठमाण्डौमा आयोजित कमरेडको जनै पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

तीन तहको सरकार हुँदा पनि काठमाण्डौको फोहर उठाउन नसक्नु लज्जास्पद कुरा भएको भन्दै उनले यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

फोहर समस्याको दीर्घकालीन समाधानका लागि सबै राजनीतिक दलले साझा ढङ्गले सोच्नुपर्ने उनले बताए ।

उनले भने, ‘शासनहरू बदलिन्छन् । राजसंस्थाबाट हामी गणतन्त्रमा पुग्छौँ । यो दलको शासनबाट त्यो दलको शासनमा पुग्छौँ । दलहरूबाट फेरि स्वतन्त्रमा पनि पुग्छौँ ।’

उनले भने, ‘कही स्वतन्त्रहरू, कहीँ दलहरू जिम्मेवारीमा पुग्छन् । तर तीन तहको सरकार हुँदा पनि काठमाण्डौमा बिहान र बेलुकाको गरेर दुई खेपको फोहर उठाउन नसक्ने अवस्था भनेको लज्जास्पद कुरा हो । काठमाण्डौजस्तो सहरमा फोहर उठाउने कुरा र यसको दीर्घकालीन समाधानका बारेमा सबै राजनीतिक दलले साझा ढङ्गले सोच्नुपर्छ ।’

महामन्त्री शर्माले काठमाण्डौ हानगरपालिकाका मेयर बालेन्द्र साहलाई साथ दिनुपर्ने र बञ्चरेडाँडाका नागरिककको मागको पनि सरकारले सम्बोधन गर्नुपर्ने बताए ।

समस्या समाधानका लागि सङ्घ, प्रदेश र पालिका सबै जिम्मवार हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस