काठमाडौं ।
पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले आयल निगमविरुद्ध संसदीय समितिमा निवेदन दिएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उजुरी परेको ाहे । तत्काल इन्धनको मूल्य घटाउन माग गर्दै मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले निवेदन दिएका हुन् । केही दिनदेखि इन्धनको मूल्य निरन्तर घटे पनि निगमले मूल्य नघटाएको निवेदनमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य ३ महिनादेखि लगातार घट्दै आएको र इन्डियन आयल कर्पोरेसनले समेत विगत २ महिनादेखि नेपाल आयल निगमलाई घटेकै मूल्यमा पट्रोलियम पदार्थको आपूर्ति गर्दै आएको भन्दै मञ्चले तर पनि नेपाल आयल निगमले विभिन्न बहानामा मूल्य नघटाएको जनाएको छ ।
निगमले बेइमानी कपटपूर्ण व्यवहार गरी उपभोक्ता ठग्ने काम गरेको भन्दै मञ्चले तत्काल समितिले पहल कदम लिइ मूल्य घटाइ नागरिकलाई राहत दिलाउनु पर्ने पनि निवेदनमा उल्लेख छ ।