Latest News

संसदबाट नागरिकता विधेयक हुबहु पारित, सुटुक्क झापा पुगेका ओलीले दिए कडा जवाफ

Nepalese Times August 18, 2022 (2 Year ago)    311 Views

काठमाडौं ।

प्रतिनिधिसभा बैठकबाट आज नै नागरिकता विधेयक पारित हुने थाहा हुँदाहुँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सुटुक्क झापा पुगे ।

कतिपयले उनलाई विधेयक पारित गर्ने लफडाबाट बच्नका लागि उनी झापा गएका भने । उसो त मौसम अनुसार अभिव्यक्ति दिने गरेको आरोप खेपेका ओलीलाई नागरिकता प्रकरणमा पनि यहि आरोप लागिरहेको छ ।

भित्रभित्रै विधेयक पास गर्न सहमति जनाउने र बाहिर चाहीँ विरोध गरेजस्तो गरेर ओलीले विवादित भूमिका निर्वाह गरेको भनिरहेका छन् ।

बिहीबार सुटुक्क गृहजिल्ला झापा पुगेका उनै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन्।

कचनकबलको बनियानीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको सामना गर्न एमाले तयार रहेको बताएका हुन्। एमाले कार्यकर्तालाई उच्च मनोबल र जितको मानसिकता बोकेर चुनावी अभियानमा लाग्न उनले निर्देशन दिएका छन् ।

उनी तीन दिन झापाका पार्टी कार्यक्रममा व्यस्त रहने बताइएको छ । तीन साताअघि पनि उनी चार दिन झापाको पार्टी कार्यक्रममा सहभागी भएर राजधानी फर्किएका थिए ।

उनले संसदीय क्षेत्रका प्रतिनिधि एवं एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार कचनकबल, बिर्तामोड, गौरादह, दमक र इलामको चुलाचुलीमा आयोजना हुने कार्यक्रममा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस