Latest News

रिसाएकी रामकुमारी झाँक्रीलाई यसरी फकाउने भए माधव नेपालले !

Nepalese Times August 18, 2022 (2 Year ago)    450 Views

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नयाँ निर्वाचन क्षेत्रको खोजीमा रहेका छन् । उनी यो पटक रौतहटबाट चुनाव लड्ने चर्चासमेत भइरहेको छ ।

राजनीतिक जीवनको अन्तिम समयमा निर्वाचित भएर विदा हुनुअघि उनीसुरक्षित क्षेत्रको खोजीमा लागेका छन् । काठमाडौं २ माधव नेपालको निर्वाचन क्षेत्र भएपनि यो क्षेत्रमा सत्ता गठबन्धनको भन्दा बलियो मत एमालेमा देखिएपछि माधव नेपाल काठमाडौं छाडेर रौतहट जाने तयारीमा रहेका छन् ।

काठमाडौं क्षेत्र नम्बर २ माधव नेपालले छोडेको अवस्थामा रामकुमारी झाँक्रीले चुनाव लड्न सक्ने अनुमान पनि गरिएको छ । झाँक्रीले गुल्मी र काठमाडौं मध्ये एउटा क्षेत्रबाट चुनाव लड्न तयारी गरेकी छिन् ।

उनले पहिलो प्राथमिकतामा गुल्मीलाई राखेकी छिन् तर त्यहाँ माओवादी केन्द्रले पनि दाबी गरेको र माओवादीबाट लीलामणि पौडेलले चुनाव लड्ने संभावना रहेका कारण झाँक्री काठमाडौं आउन सक्ने पनि बताइएको छ ।

काठमाडौंको क्षेत्र नम्बर १ मा झाँक्रीको रुची भएपनि यो क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह रहेका कारण झाँक्रीले गठबन्धनबाट टिकट पाउने संभावना कम रहेको छ ।

त्यसैले अहिले माधव नेपाल अर्को क्षेत्र खोज्न थालेका कारण झाँक्री दुुई नम्बर क्षेत्रमा नजर लगाएकी हुन् । माधव नेपाल रौतहटको क्षेत्र नम्बर २ मा चुनाव लड्ने तयारी गरेका छन् । त्यसैअनुसार माधव नेपालले रौतहटका नेताहरुलाई रिझाउने प्रयासमा लागेका छन् ।

रौतहटका नेताहरु वंशीधर मिश्र, कल्याणी खड्का, रामकुमार भट्टराईलगायतका नेताहरुलाई रिझाउने प्रयासमा लागेका छन् । उनीहरुले भनेको मान्छेलाई नियुक्ति दिलाउने र बजेट हालिदिनेसम्मका प्रयास गरिरहेका छन् । त्यसो त, खड्कालाई मन्त्री बनाउने आश्वासन दिएका माधव नेपालले उक्त आश्वासन कार्यान्वयन नगरेका कारण खड्का भने रु ष्ट रहेकी छिन् ।

त्यसैले उनले भनेको मान्छेलाई राजनीतिक नियुक्ति दिलाउने प्रयासमा लागेका छन् । रौतहट जिल्लामा ४ वटा पालिका प्रमुख जितेर समाजवादीले आफ्नो बलियो प्रभाव देखाएको छ । त्यही प्रभावका आधारमा चुनाव जित्न सकिने माधव नेपालको आंकलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस