Latest News

हर्क साम्पाङले बालेनलाई यतिसम्म भनेपछि उनी पनि के कम ? फर्काए कडा जवाफ

Nepalese Times August 17, 2022 (2 Year ago)    379 Views

काठमाडौँ-

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सामाजिक सञ्जालमा जुहारी देखिएको छ।

धरानका मेयर साम्पाङले काठमाडौँबाट फर्केलगत्तै बुधबार साँझ सामाजिक सञ्जालमा लेखे- ‘जसले जे भनोस्, म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ। कमसेकम काम त सुरु गरे!’

केही दिनयता सामाजिक सञ्जालमा आक्रोशित देखिएका बालेनलाई साम्पाङको तात्तातो स्टाटसले पोलिहाल्यो। उनले पनि साम्पाङको स्टाटसको तल लेखिहाले- ‘हो नि। तपाईँकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि त जितेको हो नि।’

हालै काठमाडौं आएका मेयर सम्पाङले सडकमा थुप्रिएको फोहोरबाट पनि अभिव्यक्ति दिएका थिए । धरान नै सफल लागेको भन्दै उनले काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लागेको बताएका थिए ।

लामो समयदेखि विभिन्न विवाद र व्यवस्थापनमा कमीका कारण काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको थिएन्। आइतबारबाट भने फोहोर व्यवस्थापनको काम पुनः सुरु भएको छ।

राजधानीको फोहोर उठाउन नपाएर आक्रोशित भएका बालेन शाहले बुधबार बञ्चरेडाँडामा फोहोर फ्याँक्न स्थानीयसँग तीनबुँदे सहमति भएपछि राहतको सास फेरेका छन्।

राई र शाह स्वतन्त्र उम्मेदवारका रुपमा लौरो चिन्हबाट गएको स्थानीय निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए। दुई मेयरको ‘दोहोरी’मा प्रशंसक भने रमाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस