Latest News

यी तीन जिल्लाका सिडिओको छलफलः के–के भयो कुराकानी ?

Nepalese Times August 17, 2022 (2 Year ago)    278 Views

धादिङ ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले छलफल गरेका छन् ।

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा भइरहेको अवरोध हटाउनका लागि नुवाकोट, काठमाडौं र धादिङका प्रमुख जिल्ला अधिकारीहरुले छलफल गरेका हुन् ।

बुधबार अपराह्न नुवाकोटको ककनीमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल छलफल भएको हो ।

छलफलमा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनीवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल लगायत सहभागी भएका काठमाडौंका प्रजिअ रिजालले बताए ।

छलफलबाट आजै केही निचोड निकाल्ने अपेक्षा गरिएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन समितिले तीन महिना समय दिएर साउन ३० देखि आन्दोलन स्थगित गरेपनि धादिङतर्फका स्थानीय आन्दोलनमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस