Latest News

प्रचण्ड र माधव नेपालबीच पार्टी एकता गर्ने सहमति, एकीकृत समाजवादीले गर्यो यस्तो निर्णय

Nepalese Times August 17, 2022 (2 Year ago)    330 Views

काठमाडौं ।

नेकपा एकीकृत समाजवादी नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्न तयार भएको छ।

चुनावपछि नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने गरी एकता संयोजन समिति बनाउन एकीकृत समाजवादी तयार भएको हो।

बुधबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले यसका लागि छलफल अघि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । सचिवालय बैठकले उम्मेदवार छनौटको मापदण्डसमेत तय गरेको छ।

यसअघि मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधव नेपालको पार्टीसँग पनि एकता गर्न संयोजन समिति बनाउने कुरा भइरहेको बताएका थिए।

त्यस्तै बैठकले भदौ ९ गते देशभर पार्टी स्थापना दिवस मनाउने निर्णय समेत गरेको छ । नेकपा एमालेबाट विभाजित भएपछि नेकपा एकीकृत समाजवादीले ९ भदौमा नयाँ पार्टी दर्ता गरेको थियो ।

भदौ पहिलो साताभित्र पार्टीले संघ र प्रदेशका लागि उम्मेदवार तय गरिसक्ने निर्णय समेत बैठकले गरेको खतिवडाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस