Latest News

पुरुष नचाहिने भन्दै यी नायिकाले गरिन् आफैसँग विवाह

Nepalese Times August 17, 2022 (1 Year ago)    557 Views

एजेन्सी ।

भारतीय टेलीभिजनकी नायिका कनिष्का सोनीले पुरूष नचाहिँने भन्दै आफैँसँग विवाह गरेकी छन् ।

सोलोगेमी’ अर्थात् आफैंसँग विवाह गर्ने अवधारणा विश्वभर तीव्र गतिमा समयसँगै बढिरहेको छ । यसअघि पनि गुजरातकी क्षमा बिन्दुले आफूसँग विवाह गरेकी थिइन् ।

कनिष्काले अगस्ट १६ मा सामाजिक सञ्जालमार्फत आफैँसँग विवाह गरेको जानकारी दिएकी छन् । नायिकाले सिन्दुर र मङ्गलसूत्र लगाएको आफ्नो तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् ।

तस्वीर सार्वजनिक गर्दै नायिकाले लेखेकी छिन्, ‘मैले विवाह गरेकी छु । किनकी म मेरो सपना आफैँ पुरा गर्छु । मैले माँया गरेको मान्छे, त्यो मान्छे म आफैँ हुँ । मलाई कहिल्यै पुरुषको आवश्यकता परेन । म आफ्नो गितारसँग सधैँ एक्लै र एकान्तमा खुशी छु । म देवी हुँ, म बलियो र शक्तिशाली छु । शिव र शक्ति सबै मभित्र नै छ । धन्यवाद ।’’

कनिष्का सोनीले ‘दीया और बाती हम’, ‘पवित्र रिश्ता’ र ‘देवी आदि पराशक्ति’ जस्ता थुप्रै हिट टिभी शोहरूमा अभिनय गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस