Latest News

एकै परिवारका ६ जना आफ्नै घरमा ज्यान गुमाएको अवस्थामा फेला

Nepalese Times August 17, 2022 (1 Year ago)    785 Views

काठमाडौं ।

भारतमा जम्मुको सिद्रा क्षेत्रमा एकै परिवारका ६ जना सदस्य आफ्नै घरमा ज्यान गुमाएको अवस्थामा फेला परेको छ ।

प्रहरीका अनुसार सकीना बेगम, उनका दुई छोरी नसिमा अख्तर र रुबिना बानो, छोरा जफर सलीम र अन्य दुई नातेदार नूर-उल-हबीब र सज्जाद अहमद ज्यान गएको अवस्थामा फेला परेका हुन् ।

एक घरमा दुई जनाको शव भेटिएको थियो भने बाँकी ४ जनाको शव अर्को घरमा भेटिएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सबै शव जम्मुको सरकारी मेडिकल कलेजमा पठाइएको छ।

यसअघि भारतको उत्तर प्रदेशको राजधानी लखनउमा एकै परिवारका तीन जनाको ज्यान गएको थियो । उनीहरुले केकमा जहर मिसाएर खाएको प्रहरीको भनाइ छ।

नलकुप विभागमा इन्जिनियर रहेका शैलेन्द्र कुमार श्रीमती र छोरीसहित ज्यान गएको अवस्थामा फेला परेका हुन् । शैलेन्द्रले आफूसहित छोरी र श्रीमतीलाई केक खुवाएर ‘हामी सबैलाई अर्को जन्मदिनको शुभकामना’ भनेका थिए।

छिमेकीहरुले विष मिश्रित केक खाएको थाहा पाएपछि अस्पताल लैजान खोजेका थिए। शैलेन्द्रले ‘हामीलाई छोडदेउ, अस्पताल नलैजाउ’ भन्दै विन्ती गरेका थिए।

स्थानीय बासिन्दा लवकुशका अनुसार उनीहरुलाई अस्पताल पुर्‍याइए पनि उनीहरुको ज्यान गइसकेको थियो । प्रहरी यो विषयमा छानबिन गरिरहेको छ।

अन्तिम संस्कारका दिन उनको घरमा चोरीसमेत भएको थियो। घरमा सुसाइड नोट पनि भेटिएको प्रहरीको भनाइ छ। प्रहरीले सुसाइड नोटको आधारमा छानबिन गरिररहेको छ। जसमा उनले आ-त्मह-त्याको कारण भाइलाई लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस