काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरानमा श्रमदान गर्न जान तयार भएका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईसँगको भेटमा प्रचण्डले आफू श्रमदानका लागि आउन तयार भएको बताएका हुन् ।
प्रचण्डसँगको भेटपछि फेसबुकमा सामपाङ्ले लेखेका छन्, ‘आज प्रचण्डसँग भेट भयो, मैले उहाँलाई सर्दुखोलामा श्रमदान गर्न आउने निम्तो दिएँ, उहाँले हुन्छ भन्नु भो । हेरौँ कहिले आउनुहुन्छ ?’
उनले यसअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुलाई धरानमा आए आफूले ढुंगा बोकाउने बताएका थिए ।
मेयर अर्क अहिले काठमाडौंमा रहेका छन् । विभिन्न व्यक्तिहरुसँग उनले भेटवार्ता गरिरहेका छन् । केही दिनअघिको एक अन्तर्वार्ताका क्रममा उनले यदि आफू काठमाडौंका मेयर भइदिएको काम गरेर देखाइसक्नेसमेत बताएका थिए ।