Latest News

सन्जिब दलित भएकै कारण मेलिनाले इन्गेजमेन्ट तोडेकी हुन् ? दिइन् कडा प्रतिक्रिया

Nepalese Times August 15, 2022 (1 Year ago)    496 Views

काठमाडौं ।

गायिका मेलिना राईले एरेञ्जर संजिव बराईलीसँग इन्गेजमेन्ट तोडेपछि उनी निक्कै आलोचित बनिन् ।

संजिव दलित समुदायका भएकै कारण मेलिनाले इन्गेजमेन्ट तोडेको भन्दै उनले आलोचना आयो । यस प्रकारले टिप्पणी गर्नेहरुलाई मेलिनाले जवाफ फर्काएकी छिन् ।

संजिवसँग इन्गेजमेन्ट तोडेपछि मेलिनाले सोमबार साँझतिर आफ्नो अफिसियल फेसबुक पेजमा आलोचकलाई जवाफ फर्काएकी हुन् ।

स्टाटसमा उनले लेखेकी छिन्, – ‘मेरो पहिलो निणर्य समाजमा विधमान जातीय विभेदको विरुद्धमा थियो’, मेलिनाले लेखेकी छिन्, ‘मेरो दोश्रो निणर्य पितृसत्तात्मक सोचको विरुद्धमा हो ।’

उनी थप्छिन्, ‘मेरो विचारमा मान्छे मान्छे विचमा हुने सबैखाले अन्यायको अन्त्य हुनुपर्छ । समानता र न्यायपूणर् समाजको स्थापना हुनु एकदम जरुरी छ ।’

यता इन्गेजमेन्ट तोडिएको बारे एरेञ्जर बराइलीले भने मौन छन् । मेलिनाले दुई पटक बोल्दा उनी यस बारे मिडियासँग खुल्न चाहि रहेका छैनन् । यी दुईजनाले गत वैशाखमा बिहेका लागि औँठी साटासाट गरेका थिए।

‘केही समय अगाडी मैले आफ्नो इन्गेज्मेन्ट गरेको कुरा यसै सामाजिक सञ्जालमार्फत घोषणा गरेको थिएँ। त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो’, उनले भनेकी छन्, ‘एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो।’

ईन्गेजमेन्ट तोडिएको घोषणा गर्दै उनले यस्तो लेखेकी थिइन् –

बिषय – Engagement तोडिएको जानकारी !
केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो ।

समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।

फेरि सबै engagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको engagement तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु ।

यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस