Latest News

नागरिकता विधेयक फिर्ता गरेपछि राजेन्द्र महतोले दिए कडा प्रतिक्रिया

Nepalese Times August 14, 2022 (1 Year ago)    424 Views

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेर मधेसी जनताको भावनामाथि कुठाराघात गरेको आरोप लगाएका छन् ।

केपी ओली सरकारले यही कुरा अध्यादेशमार्फत ल्याउँदा स्वीकृत गरिएको तर सार्वभौम संसदले ल्याएको नागरिकता विधेयक अस्वीकृत गर्नु गलत भएको उनले बताए ।

राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता भएपछि महतोले राष्ट्रपति जनताको कठघरामा उभिनु पर्ने बताए ।

‘यसअघि हामीपनि सरकारमा भएको बेलामा ओलीजीले अध्यादेश ल्याउँदा स्वीकृत गर्नुभएको थियो । सर्वोच्चको अनुसार संसदबाट विधेयक पारित गरेपछि कसरी बेठीक भयो ?’ महतोले भने, ‘त्यही कुरा अध्यादेशमा आउदा स्वीकृत गर्ने, सार्वभौम संसदले पारित गरेर पठाएको विधेयक फिर्ता गर्ने ? कसरी नैतिक भयो ?’

संसदबाट पारित विधेयक फिर्ता गर्ने राष्ट्रपतिको संवैधानिक अधिकार भएपनि यसमा विवेक नपुर्याइएको महतोले टिप्पणी गरे । ‘सार्वभौम संसदले गरेको निर्णय नमानेर राष्ट्रपतिबाट गम्भीर भूल भएको छ ।

देश र जनताले प्रश्न गर्न पाउने भए । राष्ट्रपतिले न्याय गर्नुभएन’, महतोले भने । राष्ट्रपति भण्डारीले संसदका दुवै सदनबाट पारित भएर आएको नागरिकता विधेयक आइतबार प्रतिनिधिसभामै फिर्ता गरिदिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस