काठमाडौं ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ ।
प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो।
सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को दफावार छलफल सकिएसँगै अर्थमन्त्री जनार्दन शर्माले उठेका प्रश्नहरुको सन्दर्भमा जवाफ दिएका थिए।
अर्थमन्त्री जनार्दन शर्माको जवाफपछि सभामुखको कुर्सीमा रहेकी उपसभामुख पुष्पा भुसालले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को सम्बन्धमा अर्थ समितिको प्रतिवेदनको क्रम संख्या १ देखि ११ सम्म उल्लेखित संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्न खोज्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या गणना गरेर मात्रै अघि बढ्न अनुरोध गरे।
लगत्तै ३ मिनेट घण्टी बजाएर गणपूरक संख्या गणना गर्दा एक चौथाई सदस्य संख्या ६९ जना उपस्थित हुनुपर्नेमा ६७ जनामात्रै सदस्य रहेकाले बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे।
सरकारको तलब भत्ता खाएर जनताको काम गर्न चुनिएर आएका सांसद बैठकमा सधै अनुपस्थित भएर व्यक्तिगत काम र उद्घाटनमा व्यस्त हुने गरेका छन्।
हाल प्रतिनिधिसभामा २ सय ७१ सांसद रहेका छन् । आइतबारको बैठकमा २ सय ४ जना सांसद अनुपस्थित भएका हुन् ।बैठक प्रारम्भ हुँदा १७९ जना सांसदहरुले हाजिरी गरेका थिए।