Latest News

नयाँ तलबमान लागू, प्रहरीमा कसको तलब कति ?

Nepalese Times August 14, 2022 (2 Year ago)    601 Views

काठमाडौं ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सबै राष्ट्रसेवकहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । बजेटमार्फत वृद्धि गरिएको १५ प्रतिशत जोडेर १ साउनदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत भएको हो ।

नयाँ तलबमान स्वीकृत भएसँगै नेपाल प्रहरीमा थपिएका नयाँ तीन पदको पनि तलब टुंगिएको छ । अब प्रहरी वरिष्ठ नायब निरीक्षकको तलब ४० हजार नौ सय ९७, प्रहरी वरिष्ठ हवल्दारको २८ हजार पाँच सय २० तथा प्रहरी सहायक हवल्दारको २६ हजार पाँच सय ५३ रुपैयाँ तय भएको छ ।

गत चैतमै यी पद थपिए पनि उनीहरूले पुरानै तलब पाउँदै आएका थिए । नयाँ तलबमानअनुसार प्रहरी महानिरीक्षक (आइजिपी) र अतिरिक्त महानिरीक्षक (एआइजिपी)को तलब समान ७२ हजार ८२ रुपैयाँ पुगेको छ ।

यस्तै मन्त्रिपरपषद्  बैठकले भदौ ७ देखि ९ मा संयुक्त राष्ट्रसंघको आयोजनामा थाईल्याण्डमा हुने एक सम्मेलनमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सचिवलाई स्वीकृति दिने निर्णय गरेको छ।

त्यस्तै, बैठकले सप्तकोशी बाढीबाट बढि क्षति भएका भौगोलिक क्षेत्रलाई बिपद्संकट ग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।

यसैगरि बैठकले भारतीय सेनाका स्थल सेनाध्यक्षलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रण पठाउने निर्णय गरेको छ। उर्जा, कानुन र कृषि मन्त्रालयका लागि अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय बैठकले गरेको प्रवक्ता कार्कीले बताए।

विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने करिब १२ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने गरेको छ भने जापान सरकारबाट पूर्वी तराईको सिंचाइ प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने करिब २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता पनि सरकारले स्वीकार गरेको प्रवक्ता कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस