Latest News

आफ्नै समूहको बैठक छाडेर शेखर र गगन कहाँ गए ?

Nepalese Times August 13, 2022 (2 Year ago)    543 Views

काठमाडौं ।

नेपाली कांग्रेसको शेखर कोइराला समूहको बैठक सुरु भएको छ । तर शेखर कोइराला समूहको बैठकमा स्वयंम शेखर, महामन्त्री गगन थापा लगायतका नेताहरू भने अनुपस्थित छन् ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा केहीबेरअघिबाट सुरू भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले भातृ संस्था गठनमा एकलौटी मनोनयन गरेकोबारे छलफल सुरु भएको एक नेताले जनाएका छन् ।

भेलामा स्वयम् शेखर, महामन्त्री थापा, पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी लगायतका प्रभावशाली नेताहरू उपस्थित नहुनुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।

बैठकका युवा नेता गुरुराज घिमिरे, केन्द्रीय सदस्य प्रकाश रसाइली, नुवाकोट कांग्रेसका पूर्व सभापति जगदिशनरसिंह केसी लगायत अन्य नेताकार्यकर्ताहरू सहभागि छन् । शेखर र गगन व्यस्तताका कारण आजको बैठकमा सहभागि हुन नसक्ने एक नेताले बताए ।

सभापति देउवाले भातृसंस्था पुनर्गठन गर्दा हालसम्म नेविसंघमा दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, महिला संघमा उषा मिश्र राउत, नेपाल किसान संघमा गणेश तिमिल्सिना र नेपाल आदिवासी जनजाति संघमा ओमबहादुर घर्तीलाई अध्यक्षमा मनोनीत गरिसकेका छन् ।

मनोनयन भएका सबै भ्रातृ संस्थाका अध्यक्षहरु संस्थापन पक्षका हुन् । सबै अध्यक्षहरु संस्थापन पक्षबाट रहेसँगै शेखर समूहमा असन्तुष्टि बढेको छ ।

प्रतिक्रिया दिनुहोस