Latest News

‘द भेलोसिटी बोर्डिङ स्कुल’ मा गाईजात्रा सम्पन्न

Nepalese Times August 12, 2022 (1 Year ago)    528 Views

काठमाडौं ।

काठमाडौंको कागेश्वरी मुलपानीमा रहेको द भेलोसिटी बोर्डिङ स्कुल को प्राङ्गणमा गाईजात्रा २०७९ कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ ।

गाई जात्रा लाई लक्षित गरेर गरिएको कार्यक्रममा विद्यार्थी साथै अभिभावक को उपस्थित बाक्लो मात्रामा थियो । बिशेष गरि बालबालिका लाई गाई जात्राको महत्त्व बुझाउनको लागि यो कार्यक्रम आयोजना गरेको प्रधान अध्यापक रेखा खनालले बताउनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नायिका रेखा थापालगायत सहभागी रहेका थिए । आफ्नो बाल्यकालको अनुभव सुनाउदै थापाले भनिन् – म पनि स्कुलमा खुब नाच्थे, ८ कक्षामा पढ्दा मैले अरु विद्यार्थीलाई नाच सिकाएर स्कुलमा लाग्ने शुल्क म आफैले आधा तिर्थे त्यसैले आफ्ना बच्चालाई पनि पढाई बाहेक अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुन पर्छ ।

देश परिवर्तन गर्नको लागि फिल्मी पर्दामा उभिएर मात्र सम्भव नभएकाले राजनीतिक छेत्रमा आउन परेको सुनाइन् ।

कार्यक्रमको बिशेष आकर्षकको रुपमा अभियान साहित्य कलाकार समाजकाका कलाकारहरु घनश्याम गौतम (नक्कली प्रचण्ड), सुरेश तिमल्सिना (नक्कली ओलि), सरिता राजोपाध्याय स्कुले बच्चा बनेकी थिइन् ।

दिपेश सेढाई (सानू घायल) पत्रकार र रेफ्री बनेर गाई जात्रा प्रस्तुति (कुर्सी माथी देश) लाई व्यंग्यात्मक तरिकाले प्रस्तुत गरेका थिए ।

अतिथिहरुमा डम्बर घिमिरेले क को कथा ण को कथा भनेका थिए भने पशुपति दंगालले कविता र खगेन्द्र प्रसाद गुरागाईले आमा गीत गाएका थिए ।

त्यसैगरी कुमार मनि गजुरेलले मोटु पात्लुको आवाजमा विद्यार्थी र अभिभावक लाई मनोरञ्जन प्रदान गरेका थिए । कक्षा ५ का विद्यार्थीहरुले संयुक्त नित्य प्रस्तुत गरेका थिए भने कक्षा ३ का विद्यार्थीहरु ले गित गाएका थिए । शुक्र राज मगरले गित गाएका थिए । शिवको भेषमा शिव ताण्डप नृत्य श्याम कार्किले प्रस्तुत गरेका हुन् ।

कार्यक्रमको अन्तिममा अहिले निकै चर्चामा रहेको प्यारोडी गित लुटतन्त्र को नाममा बजारमा आएको जता ततै भ्रष्टचार गनाउछौ गितका गायक कलाकार घनस्याम गौतमले गाएर सुनाएका थिए ।

गाईजात्रे प्रस्तुति (कुर्सी माथी दे) को लेखन नक्कली प्रचण्ड घनस्याम गौतमले गरेका थिए । निर्देशन सुरेन्द्र क्षेत्रीको रहेको थियो भने कार्यक्रम संचालन मोहन अभिलासिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस