Latest News

नाइट क्लवमा नाच्दानाच्दै कपडा खोलेपछि…

Nepalese Times August 12, 2022 (1 Year ago)    350 Views

काठमाडौं ।

नाइट क्लबमा टपलेस डान्स गरेको भन्दै एक मोडललाई १८ हजार जरिवाना गरिएको छ । नाइटक्लबको भिडियो भाइरल भएपछि प्रहरीले मोडललाई कारबाही गरेको थियो । मोडल विरुद्ध सार्वजनिक अश्लीलता ऐन अन्तर्गत मुद्दा दर्ता भएको छ । लाइसेन्स बिना रात्रि क्लब सञ्चालन गरेकोमा क्लब सञ्चालकबाट जरिवाना पनि लिन सकिनेछ ।

डेलीस्टारका अनुसार यो थाइल्याण्डको मामला हो। मुआङ जिल्लामा ‘सुक सान खन खान’ नामक नाइट क्लब छ। थाई मोडल पाफावी आयल चाइमोङकोल यस क्लबमा डीजेको रुपमा कार्यरत थिइन् । ४ अगस्टको राती उनले क्लबमा टपलेस डान्स गरेकी थिइन् ।

कसैले यी २५ वर्षीया मोडलको नृत्यको भिडियो बनाएक छन् । भिडियोमा धेरैले मोडललाई पैसा उडाएको पनि देखिएका छन् । यो क्लिप सामाजिक सञ्जालमा भाइरल भएको छ । यो भिडियोमा धेरैले कमेन्ट गरेका छन् र सेयर पनि गरेका छन् । तर प्रहरीले त्यसलाई कारबाही गर्ने निर्णय गरेको छ ।

मुएङखोन केएन प्रहरी चौकीका उपरीक्षक प्रिचा काइङसारिकिजोले डिजे आयल र नाइटक्लबका २० वर्षीय प्रबन्ध निर्देशक परमेट अक्खार्दोविरुद्ध मुद्दा दर्ता गरेका छन् । थाइल्याण्डको अश्लीलता ऐन अन्तर्गत आयललाई कारबाही गरिएको थियो। उनीबाट करिब १८ हजार रुपैयाँ (५ हजार थाइ भाट) जरिवाना असुल गरिएको छ ।

यसै क्रममा परमेटलाई बिना लाइसेन्स नाइट क्लब चलाएको आरोप छ । यस्तो अवस्थामा उनलाई एक वर्ष जेल वा करिब ६० हजार भाट जरिवाना वा दुवै सजाय हुन सक्छ। प्रहरी उपरीक्षक प्रिचाले यस विषयमा थप प्रमाण संकलन गरिरहेको सञ्चारमाध्यमलाई बताइन् ।

यस विषयमा डीजे आयलले आफूले यसअघि कहिल्यै यस्तो नगरेको र नाइटक्लबले पनि यसका लागि नभनेको बताइन् । मोडलले मादक पदार्थ सेवन गरेर यो कदम चालेको बताइन् । यसका लागि उनले माफी पनि मागेकी छन् । आयल थाइल्याण्डकी धेरै प्रसिद्ध मोडेल हुन्।

प्रतिक्रिया दिनुहोस