Latest News

नायिका नीताका पूर्वप्रेमी आमेस मिडियामा, नीताबारे गरे यस्तो खुलासा !

Nepalese Times August 11, 2022 (1 Year ago)    534 Views

काठमाडौं ।

नायिका नीता ढुंगाना केही दिनअघि मात्रै वैवाहिक जीवनमा बाँधिएकी छिन् । युवा ज्योतिष हरिहरसँग उनले लगनगाँठो कसेका हुन् ।

हरिहरसँग विवाह बन्धनमा बाँधिएसँगै सामाजिक संजालदेखि संचारमाध्यममा भने नीताका प्रर्व प्रेमी आमेस भण्डारी चर्चामा आए । उनीहरुका पहिलेका भिडियोहरुलाई सार्वजनिक गर्दै सामाजिक संजाल प्रयोगकर्ताहरुले आमेशलाई हिट बनाए ।

उनै आमेसले फेरि नायिका नीता ढुंगानाबारे केही बोलेका छन् । एक अनलाईन मिडियासँग कुराकानी गर्दै उनले नीतापछि पनि अर्को ब्रेकअप भइसकेको खुलासा गरेका छन् ।

आफूले अब चाहीँ कसैसँग पनि प्रेम नगर्ने भनेपनि कतै न कतै गरेर प्रेम सम्बन्ध अघि बढ्ने गरेकोसमेत बताएका छन् । नीतालाई सुन्तरताको हिसावले १० नम्बरमा कति दिनुहुन्छ ? भन्ने प्रश्नमा आमेशले १० मा १० नै दिने जवाफ फर्काएका छन् ।

यसको मतलब उनले नीता ढुंगाना एक सुन्दर युवती रहेकी बताएका छन् ।  नीता जत्तिको राम्री र ट्यालेन्ट युवती अहिलेसम्म आफूले नदेखेको भन्दै प्रशंसासमेत गरेका छन् । अन्तर्वार्ताका क्रममा उनले बिहेमा आफूलाई नीताले नबोलाएकोमा दुःखेसोसमेत पोखेका छन् ।

यदि नीताले बिहेमा निम्तो गरेको भए आफू बिहेमा सहभागी हुनेसमेत बताएका छन् । आफू मायाँमा अनलक्की रहेको भन्दै उनले बिहेपछि नीतासँग जोडिएर भिडियोहरु भाइरल भएकोमा भने मन नपरेको बताएका छन् ।

हरिहरभन्दा अघि नीता चार वर्ष आमेशसँग रिलेसनसीप थिइन् । तर, उनीहरुको सम्बन्ध दिगो रहन सकेन । गायन क्षेत्रमा सक्रिय आमेशले नीतासँग प्रेममा परेपछि चलचित्रमा पनि इन्ट्री गरेका थिए ।

दिनेश डिसीले निर्देशन गरेको चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ मा नीता र आमेशले अनस्क्रिन जोडीको रुपमा अभिनय गरेका थिए ।

यसअघि नायिका नीता ढुंगानाको बिहेका भिडियो फुटेजहरुले टिकटक भरिएसँगै उनका पूर्वप्रेमी आमेश भण्डारी पनि चर्चामा रहे । नीताको बिहे भएकै दिन आमेशले सपनीमा आयौ तिमी विपनीमा गयौ, माया लाग्छ तिम्रो अझै निष्ठूरी किन भयौ‘भन्ने गीतमा टिकटक बनाएपछि ट्रोलरलाई मसला बन्न पुगेको छ ।

यही भिडियोपछि आमेशको ट्रोल सुरु भएको हो । नीतालाई नै ‘डेडिकेट’ गर्दै आमेशले यो भिडियो हालेको धेरैले अनुमान गरेका छन् ।यसो त  नीताको बिहेपछि आमेश स्वयम पनि टिकटकमा बढी सकृय देखिएका छन् ।

आमेशको पुरानो भिडियोहरुलाई नीताको बिहेको भिडियोहरुमा जोडेर रमाइला–रमाइला टिकटकहरु आइरहेका छन् । आमेश स्वयम् नीताको बिहेपछि टिकटकमा सक्रिय देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस