Latest News

यिनै हुन् श्रीमती र सासुको शरिरमा आगो लगाएर हिड्ने शंकर सदा, परे प्रहरीको फन्दामा

Nepalese Times August 11, 2022 (2 Year ago)    472 Views

जनकपुरधाम ।

श्रीमती र सासुको शरीरमा आगो लगाएर फरार रहेका श्रीमान्‌ पक्राउ परेका छन् ।

महोत्तरीमा साउन २१ गते राति श्रीमती ३५ वर्षीया प्रमिला देवी र सासु ६५ वर्षीया रेशमा देवीको शरीरमा मट्टितेल छर्केर आगो लगाउने शंकर सदालाई प्रहरीले पक्राउ गरेको छ ।

शंकरलाई नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने महोत्तरीको सम्सी गाउँपालिका ६ स्थित सम्सी–कन्हवास्थित नेपाल क्षेत्रबाटै पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

महोत्तरीको भंगहा नगरपालिका ९ कंचन वन सखुवा टोलस्थित आफ्नो माइतीमा रहेको बखत राति पौने १२ शंकरले प्रमिला र रेशमादेवीको शरीरमा आगो लगाएका थिए । औरही नगरपालिका ८ टिमकिया घर भएका शंकर पनि ससुरालीमा बस्दै आएको प्रहरीको भनाइ छ ।

श्रीमती प्रमिलाको परपुरुषसँग अवैध सम्बन्ध रहेको र त्यसमा सासुले पनि सघाउने गरेको आशंकमा शंकरले पटक–पटक झगडा गर्ने गरेका थिए । २१ साउनको राति सोही बिषयमा झगडा हुँदा शंकरले दुवैको शरीरमा मट्टितेल खन्याएर आगो लगाएको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका शंकरबिरुद्ध ज्यान मार्ने कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय यस्ते खालका आपराधिक घटनाहरु निरन्तर बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस