Latest News

टिकटकमा यस्तो भिडिओ पोष्ट गर्दागर्दै पूर्वपतिले यी युवतीको गरे हत्या !

Nepalese Times August 11, 2022 (2 Year ago)    470 Views

काठमाडौं ।

सामाजिक सञ्जाल टिकटकमा सम्बन्धविच्छेदको विषयमा कुरा गरेकी एक महिलाको पूर्वपतिको हातबाट ज्यान गएको छ ।

टिकटकमार्फत अमेरिकाको शिकागोमा पाकिस्तानी–अमेरिकी महिला सानिया खाँनले पतिसँग सम्बन्धविच्छेदको विषयमा आफ्ना अनुभूतिसहित सार्वजनिक गरेकी थिइन् ।

उनको टिकटक हेरेपछि ११ सय किलोमिटर टाढाबाट आएर पूर्वपतिले सानियाको ज्यान लिएको बीबीसी हिन्दीले जनाएको छ ।

यो घटना अघिल्लो महिनाको हो । टिकटकमार्फत सम्बन्धविच्छेदको कुरा गरेर उनी शिकागोबाट टेनसी जाने तयारीमा थिइन् । तर उनका ३६ वर्षका पूर्वपति राहेल अहमदले ११ सय किलोमिटर टाढाबाट आएर सानियाको गोली हानेर हत्या गरेको खबरमा उल्लेख छ ।

सानियाको हत्यापछि अहमदले आफैँलाई पनि गोली हानेको प्रहरीले जनाएको छ । सानिया र राहेलले पाँच वर्षको प्रेम सम्बन्धपछि सन् २०२१ मा बिहे गरेर सँगै बस्न थालेका थिए । तर बीचमा सम्बन्धमा खटपट आएपछि दुवैले छुट्टिने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस