काठमाडौं ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश भेलाको प्रचार सामग्री च्यातिएको छ। भेला शुक्रबार हेटौँडामा हुने भनिएको थियो ।
शुक्रबार हेटौँडामा हुने भन्दै सडकको छेउमा टाँगिएका ब्यानरहरू गएराती च्यातिएको हो। मकवानपुरको हेटौँडा बजारको सडक छेउको बारमा राखिएका केही ब्यानर च्यातिएको पार्टीले जनाएको छ। कसले च्यातेको भन्ने केही नखुलेको प्रहरीले जनाएको छ।
प्रदेश र जिल्ला जिल्लामा भेला गर्दै आइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार हेटौँडामा कार्यक्रम राखेको छ।
—–
======
यसअघि बुधबार धादिङबेसी सिरानबजार स्थित क्रिक रिसोर्टको ठुलो हल मा सो पार्टीले कार्यक्रम आयोजना गरेको थियो । रवि लामिछाने हेर्न र उनको भाषण सुन्नेहरुको उपस्थिति निक्कै देखिन्थ्यो ।
रवि लामिछानेको समर्थकहरुको बाहुल्याता रहेको जिल्ला मध्य धादिङ पनि एक हो भनेर बुधबारको रवि क्रेजले देखाई दिएको कार्यक्रमा सहभागीहरु बताउँछन् ।
धादिङमा रविले भने, अपार मायाँ र सद्भाव देखाउनु भएको छ, अब चुनाव चिन्ह घण्टी चिनाउनु पर्ने र हजारौं रवि लामिछानेहरुको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउनु पर्ने दिन आएको बताएका थिए ।
धादिङको जिल्ला भेलालाई सम्बोधन गर्दै लामिछानेले कमिसनको खेल बुढीगण्डकी जलविद्युत आयोजनाको कामले गति लिन नसहेको र विकास निमार्णको काममा आफ्नो पार्टीले बुढीगण्डकीलाई प्रथामिकतामा राखेको बताए । मंसिर ४ गते जनताले महत्वपूर्ण फैसला गर्न पाउने दिन हो । केहि गर्ने नयाँ सोच भएकाहरुलाई विजयी गराउन समेत उनले आग्रह गरेका थिए ।