Latest News

बझाङ घटनामा मृतकका श्रीमानले दिए यस्तो बयान, भएको के हो ?

Nepalese Times August 11, 2022 (2 Year ago)    339 Views

काठमाडौं ।

बझाङको बुङ्गदल गाउँपालिका–९ स्थित रारुमा बुधवार बिहान एकै परिवारका ३ जना मृत भेटिएको घटनामाथि अहिले अनुसन्धान भइरहेको छ  । २२ वर्षीया दीपा पार्की उनका ५ वर्षकी छोरी भूमिका र ३ वर्षका छोरा मोहित घर नजिकै बेडुलोको रुपमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

दीपाका पत्नी पुष्कर पार्की मंगलबार राति भारतको उत्तराखण्डबाट घर आइपुगे । उनी राति सवा १ बजेतिर घरमा आइपुगेका हुन् । रातिसँगै खाना खाएर उनीहरु सुतेका थिए । तर, बिहान उठ्दा दुई नाबालक छोरा छोरी र पत्नी झुण्डिएका थिए ।

गाउँलेले घर नजिकै रुखमा पत्नी र दुई नाबालक झुण्डिएको खबर गरेपछि आफुले थाहा पाएको पुष्करले प्रहरीलाई बताएका छन् । उनि राति सवा १२ बजेतिर घरमा आइपुगेका थिए ।

‘थाकेर आएको थिएँ, खाना खाएर सुतेँ’ पुष्करले प्रहरीसँग भनेका छन्–‘बिहान गाउँलेले हल्ला गरेपछि हेर्न जाँदा श्रीमती र मेरा दुई छोराछोरी झुण्डिएको देखेँ ।’

दीपा पार्की नाम्लोमा र दुई नाबालक चुन्नीमा पासो लागेर झुण्डिएको अवस्थामा शव भेटिएको छ । प्रहरीले शव जाँच मुचुल्का गरेर जिल्ला सदरमुकामतर्फ ल्याउँदै छ । घटनास्थलमा पुगेर पारिवारिक अवस्था र विगतको अवस्थाबारे सोधपुछ गरिएको र थप अनुसन्धान भइरहेको । घटनास्थलमा पुगेका प्रहरी इन्स्पेक्टर जनक ढुंगानाले बताएका छ् ।

प्रतिक्रिया दिनुहोस