Latest News

सुमन सायमीद्वारा प्रतिनिधिसभा चुनाव लड्ने घोषणा, कहाँबाट दिँदैछन् उम्मेदवारी ?

Nepalese Times August 10, 2022 (2 Year ago)    326 Views

काठमाडौं ।

काठमाडौं उपत्यकाभित्रका क्षेत्रमा प्रतिनिधिसभाको आगामी निर्वाचन रोचक हुनेवाला छ । यहाँका कतिपय क्षेत्रमा दललाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा उत्रँदैछन् ।

४ मंसिरका लागि चुनावको मिति तय हुनुअघि नै कतिपयले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् । कतिपय नयाँ अनुहार निर्दलीय उम्मेदवार बन्ने तयारी गरिरहेका छन् ।

स्थानीय चुनावमा काठमाडौं महानगरको मेयरमा पराजित भएका अभियन्ता सुमन सायमीले ४ मंसिरमा हुने प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरिसकेका छन् । उनी काठमाडौं क्षेत्र नम्बर ८ बाट स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा हुनेछन् ।

काठमाडौंको संस्कृति संरक्षणमा क्रियाशील उनले महानगरको मेयरमा १३ हजार ७ सय ७० भोट ल्याएका थिए । उनी उपत्यकाव्यापी सडक विस्तारपीडित संघर्ष समितिका अध्यक्ष पनि हुन् । सायमीलाई काठमाडाैंका मेयर बालेन्द्र साहको समेत साथ रहेको बताइन्छ ।

याे क्षेत्रबाट २०७४ सालको चुनावमा एमाले उम्मेदवार जीवनराम श्रेष्ठले कांग्रेसका नवीन्द्रराज जोशीलाई पराजित गरेका थिए । जोशी स्वर्गीय भइसकेका छन् । अघिल्लो चुनावमा एमालेबाट उम्मेदवार बनेका जीवनराम अहिले एकीकृत समाजवादीमा छन् ।

गठबन्धन हुने भएकाले हालका पर्यटनमन्त्री जीवनरामविरुद्ध कांग्रेसले उम्मेदवार उठाउने सम्भावना न्यून छ । त्यसैले यो क्षेत्रमा गठबन्धनका साझा उम्मेदवारको सामना स्वतन्त्र उम्मेदवार सुमनले गर्नुपर्नेछ ।

उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितीको अध्यक्ष साथै उपत्यका सरोकार मञ्चक अध्यक्ष हुन सायमी । उनि एक दशकदेखि काठमाडौँका समस्यालाई नियाल्दै आएका अभियान्ता हुन् ।

सायमीले सांस्कृतिक सम्पदा संरक्षणमा आफ्नो आवाज निरन्तर उठाइ रहेका छन् । उनले काठमाडौँ भित्र हुने गरेका विभिन्न समस्यालाई मध्यनजर गरी कसरी आफ्नो परापुर्वकाल देखी चलिआएका तथा रहिआएका हरेक ठुला साना जात्रा पर्व, संस्कृति, परम्पराहरुलाई संरक्षण गर्ने भन्ने कुरालाई जोड दिएका छन् । एक दशकदेखि काठमाडौँको अस्तित्व बचाउने अभियन्ता सायमि सहरको व्यवस्थापनको लागी फोहोर व्यवस्थापनको सपना लिएका छन् ।

गैरन्यायिक सडक विस्तार विरुद्धको नेतृत्व देखी सम्पदा संरक्षण, खोकनाको कृषि भुमि संरक्षण आन्दोलन लगाएत अन्य विभिन्न राजधानीका समस्याहरुमा आफ्नो फ्रन्टलाइनमा बसेर जेल समेत बसेका छन । सायमीले परापुर्वकाल देखी मान्दै आएको मठमन्दिर विहार बाहास् बही, ननी, चुक, गुम्वा, चैत्य, पाटी पौवा फल्चा, गुठी, भाषा, लिपि,जग्गा जमिन र थाक थलो सुरक्षामा लाग्दै आएका अभियान्ता हुन् ।

प्रतिक्रिया दिनुहोस