Latest News

बझाङ घटनामा नयाँ ट्वीस्टः छोरा र छोरीसहित झुण्डिएकी गीताका श्रीमान भर्खरै भारतबाट आएका थिए !

Nepalese Times August 10, 2022 (1 Year ago)    292 Views

काठमाडौं ।

धनगढी । बझाङमा एकै परिवारका तीनजना ज्यान गएको अवस्थामा फेला परेका छन् ।

बुङ्गल नगरपालिका(९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र दुई जना ज्यान गएको अवस्थामा फेला परेका हुन् ।

पार्कीकी श्रीमती २२ वर्षीया गीता पार्की, पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित ज्यान गएको अवस्थामा फेला परेका बझाङका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।

उनका अनुसार उनीहरु घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकोले जिल्लाबाट आएका प्रहरीको अनुसन्धान टोली घटनास्थलतर्फ गएको छ । स्थानीय प्रहरीले घटनास्थल शिल गरेको छ भने गए राति मात्र भारतबाट फर्किएका पुष्करलाई नियन्त्रणमा लिइएको छ ।

यसअघि काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना ज्यान गएको अवस्थामा फेला परेका थिए । तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चारजना ज्यान गएको अवस्थामा फेला परेका हुन् ।

काभ्रेस्थली घटनामा तीन जनाको टाउकोमा बोधो वस्तुले प्रहार, शरीरका विभिन्न भागमा धारिलो वस्तुले घोपेर तथा एक जनाको झुण्डिएर ज्यान गएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।

भीमसेनथापा गाउँपालिका–६ गोरखा स्थायी घर भई काठमाडौंको तारकेश्वर नगरपालिका २, पदमसालमा बस्दै आएका एकै परिवारका चार जना ४१ वर्षीय दिनेश पाण्डे, उनकी पत्नी ३९ वर्षीय सुनिता, १३ वर्षकी छोरी आशिका र ८ वर्षीय छोरा आशिक साउन १६ गते बिहान घरमै मृत फेला परेका थिए । त्यसपछि प्रहरीले शव र घटनाको मुचुल्का उठाएर पोस्टमार्टमका लागि चारै जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा दिनेशले श्रीमती र छोराछोरीको ज्यान लिएर आत्महत्या गरेको हुन सक्ने उल्लेख गरिएको थियो । शिक्षण अस्पतालको पोस्टमार्टम रिपोर्टले पनि तीन जनाको ज्यान लिएर दिनेशले झुण्डिएर आ–त्मह–त्या गरेको हुनसक्ने देखाउँछ ।

पोस्टमार्टममा संलग्न चिकित्सकका अनुसार दिनेशको  ‘हृयांगिङ’बाट ज्यान गएको छ । ती चिकित्सकले सुनिता, आशिका र आशिकको ज्यान जानुको कारण टाउकोमा बोधो वस्तुले हानेर अनि शरीरका विभिन्न भागमा धारिलो वस्तु घोपेर भएको देखिन्छ ।

‘सुनिता, आशिका र आशिकको शरीरका विभिन्न भागमा ‘मल्टिपल स्ट्याविङ’ (विभिन्न भागमा घोपेर) र टाउकोमा ‘ब्लन्ट हन्ट’ (बोधो वस्तुले प्रहार) बाट भएको देखिन्छ,’ पोस्टमार्टममा संलग्न एक चिकित्सकले भने ।

उनले भने, ‘दिनेशको देब्रे हात र पेटमा चोट लागेको तथा घाँटीमा डोरीले बेरिएरको देखिन्छ । यसलाई हामीले ‘पार्सियल हृयांगिङ’बाट डेथ भएको उल्लेख गरेका छौं ।’

पोस्टमार्टम रिपोर्टलाई आधार मानेर घटनाको विश्लेषण गर्दा दिनेशले श्रीमती सुनिता, छोरी आशिका र छोरा आशिकको पहिला ह त्या गरेर उनले आ त्मह त्या गरेको देखिन्छ । पोस्टमार्टम रिपोर्टमा तीन जानमाथि छाती र पेटसहित शरीरका भित्रि भागसम्म धारिलो वस्तुले घोपेको चोट देखिन्छ । त्यस्तै टाउकोमा बोधो वस्तुले प्रहार (ब्लन्ट हन्ट) गरिएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस