Latest News

फेरिए प्रधानमन्त्री देउवाको सुरक्षा प्रमुख, कसले पाए जिम्मेवारी ?

Nepalese Times August 10, 2022 (1 Year ago)    218 Views

काठमाडौं ।

प्रहरी प्रधान कार्यालयले प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि डीएसपी प्रतितसिंह राठौरलाई जिम्मेवारी दिएको छ । प्रधानमन्त्री विशेष सुरक्षा इकाइ बालुवाटारको प्रमुख रहेका डीएसपी कोमल शाहको एसपीमा बढुवा भएपछि सो पद रिक्त रहेको थियो ।

प्रहरी प्रधान कार्यालयले केन्द्रीय विशेष कार्यदलमा दरबन्दी भएका डीएसपी राठौरको मंगलबार प्रधानमन्त्री विशेष सुरक्षा इकाइमा सरुवा गरेको हो ।

यही इकाइले प्रहरीका तर्फबाट प्रधानमन्त्री देउवासहित उनका परिवारका सदस्य, उनको सरकारी आवास र कार्यालय परिसर समेतको सुरक्षा प्रवन्ध गर्नेगर्छ ।

त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का सुरक्षा अधिकृत फेरिएका छन्। प्रचण्डका सुरक्षा अधिकृतको रुपमा प्रहरी नाउव उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेलाई खटाइएको छ।

यसअघि प्रचण्डका सुरक्षा अधिकृतको रुपमा खटिएका डीएसपी नरेन्द्रराज सुवेदी प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि न्यौपानेलाई खटाइएको हो।

डीएसपी न्यौपाने यसअघि जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत थिए। प्रहरीमा व्यावसायिक अधिकृतको छवि बनाएका डीएसपी न्यौपाने जिल्ला प्रहरी कार्यालय कालिकोटको प्रमुख थिए ।

प्रतिक्रिया दिनुहोस