Latest News

चर्चित कमेडियन राजु श्रीवास्तवको नराम्रो खबर बाहिरियो, हर्ट अट्याक लगत्तै अस्पताल लगिएको थियो

Nepalese Times August 10, 2022 (1 Year ago)    449 Views

काठमाडौं ।

चर्चित हास्य कलाकार राजु श्रीवास्तवको बारेमा नराम्रो खबर बाहिर आएको छ । राजु श्रीवास्तवलाई हृदयाघात भएको छ ।

अचानक स्वास्थ्य बिग्रिएपछि राजु श्रीवास्तवलाई दिल्लीको सरकारी अस्पताल एम्समा भर्ना गरिएको छ । उनका भाइ र पीआरओले हास्यकलाकारलाई हृदयघात भएको पुष्टि गरेका छन् ।

राजु श्रीवास्तव होटलको जिममा कसरत गरिरहेका थिए । उनी ट्रेडमिलमा कसरत गरिरहेका थिए । त्यसपछि दौडदै गर्दा उनको छाती दुख्यो र उनी तल लडे ।

यसपछि राजु श्रीवास्तवलाई तत्काल अस्पताल लगिएको थियो । राजुका पीआरओ अजित सक्सेनाका अनुसार हास्य कलाकार पार्टीका केही ठूला नेताहरूलाई भेट्न दिल्लीमा बसेका थिए।

उनी बिहान जिम गएका थिए जहाँ जिम गर्दागर्दै हृदयघात भयो । राजु श्रीवास्तवको पल्स अहिले फर्किएको उनले बताए । उनको स्वास्थ्यमा सुधार भइरहेको छ । राजुको स्वास्थ्यलाभको कामना गर्न सबै कमेडियनका फ्यानहरुलाई पीआरओले आग्रह गरेका छन् ।

हास्यकलाकारको यो दुखद खबरले फ्यानलाई निराश बनाएको छ । फ्यानहरूले राजु श्रीवास्तवको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । राजु श्रीवास्तव एक प्रसिद्ध हास्य कलाकार हुन्।

उनी उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष पनि हुन्। राजु श्रीवास्तवलाई कमेडीका राजा मानिन्छ । उनले धेरै फिल्म र टिभी कार्यक्रममा काम गरिसकेका छन् ।

वर्षौंदेखि राजु श्रीवास्तवले आफ्नो कमेडीबाट मानिसहरूलाई हँसाइरहेका छन्। राजु श्रीवास्तव सानैदेखि कमेडियन बन्न चाहन्थे र उनले आफ्नो सपना पूरा पनि गरे । राजुले स्टेज शोबाट आफ्नो करियर सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस