Latest News

दिपाश्री निरौलासँग विवाह गर्न लागेका यी धनाढ्य व्यक्ति को हुन् ?

Nepalese Times August 10, 2022 (1 Year ago)    483 Views

काठमाडौं । केही दिनदेखि चर्चित हास्य कलाकार निर्मात्री एवम् नायिका दिपाश्री निरौलाले विवाह गर्न लागेको खबर एकाएक भाइरल भएको छ ।

सामाजिक संजाल र केही संचार माध्यमले उनको विवाह हुन लागेको खबर बाहिरिएसँगै उनको विवाह कोसँग हुन लागेको हो भन्ने चासो चुलिएको छ ।

उनले एक व्यापारिक घरानका व्यक्तिसँग विवाह गर्ने तयारी गरेको स्रोतले जनाएको छ । एक व्यापारिक घरानाका व्यक्तिसँग विवाह गर्ने तयारी भएको दिपाश्रीको हुनेवाला पतिको नाम र ठेगाना भने खुलेको छैन ।

‘यहि मंसिरमा दिपाश्री निरौलाको विवाह हुने पक्कापक्की जस्तै भएको छ’, स्रोतले भन्यो, ‘अहिले नै को व्यक्ति र कहाँको व्यक्ति भन्ने नखुलाउँ, अहिलेलाई विवाह हुन लागेको हो भन्ने मात्रै बुझौँ ।’

नेपाली फिल्मको पछिल्लो समयकी सफल निर्देशक तथा कलाकार हुन् दिपाश्री निरौला । उनी पुरुष निर्देशक भन्दा कुनै कुरामा कमी देखिएकी छैनन् ।

उनले चलचित्र क्षेत्रमा अलग पहिचान बनाएकी छिन् । उनका सबै फिल्मले नयाँ रेकर्ड कायम राखेका छन् । उनी २०३२ सालमा विराटनगरमा जन्मिएकी हुन् । रेडियो नाटकबाट उनले आफ्नो अभिनय यात्रा सुरु गरेकी हुन् ।

रेडियो हँदै टेलिभिजनमा प्रवेश गरेकी दीपाको जोडी दीपकराज गिरीसँग जमेको छ । उनीहरुको जोडीलाई नेपाल टेलिभिजनबाट प्रशारित भएको हास्य कार्यक्रम तितो सत्यमा निकै मन पराएका थिए ।

दीपाले ‘तितो सत्य’ भन्दा अगाडी गाउँले, चादनी, संगिनी जस्ता राम्रा फिल्ममा अभिनय गरीसकेकी थिइन् । ३० वर्षदेखि सँगै काम गर्दै आएका दीपकराज गिरी अहिले पनि दिपासँगै छिन् । तर, उनी अब वैवाहिक जीवनमा बाँधिन लागेकी हुन् ।

यसअघि एक टेलिभिजन कार्यक्रममा कानुनले नरोक्ने हो भने आफूले दिपकराज गिरीसँग विवाह गर्ने भनेर दिपाश्रीले अभिव्यक्ति दिएकी थिइन् ।

उनले अब आफू वैवाहिक जीवनमा बाँधिन लागेको भए पनि आफू र दिपकवीचको सम्बन्धमा कुनै दरार नआउने समेत जिकिर गरेकी छिन् । अर्को पुरुषसँग विवाह गर्दा पनि दिपकराजसँगको सहकार्य नटुट्ने दिपाश्री निरौलाले आफू नजिकका व्यक्तिहरुलाई भन्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस