Latest News

भारतबाटै कांग्रेस नेत्री सुजाता कोइरालाले गरिन् उम्मेदवारी घोषणा

Nepalese Times August 10, 2022 (1 Year ago)    429 Views

बिराटनगर- नेपाली कांग्रेसकी प्रभावशालीनेत्री तथा नेपाल सरकारको पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेकी सुजाता कोइराला भारतको बिभिन्न कार्यक्रममा सहभागी भएकी छिन्। साथै भारतका केहि मन्त्री तथा नेताहरुसंग नेपाल भारतको सम्बन्ध सुमधुर पार्न भेट बार्ता समेत गरेकी छिन्।

भारतको नोएडा स्थित मार्वा स्टुडियोमा ईन्टरनेशनल ओमन फिल्म्स फोरम फ्लटेसन शेरोमणी कार्यक्रमको प्रमुख अतिथिको रुपमा कार्यक्रममा सहभागि भएकी कोईरालाले नेपाल भारतबीच सांस्कृतिक सम्बन्ध रहेको बताएकी छिन् ।

कोइरालाले भारतीय जनता पार्टीका नेता एवं भारत सरकारका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेकी छन्। कोइरालाले भारतको अन्य कार्यक्रमहरुमा समेत आफ्नो सक्रिय सहभागिता जनाएकी थिईन्।

भारत भ्रमणमा रहेकी कोइरालाले हामीसंग कुरा गर्दै भनिन मंसिर ०४ गते हुन लागेको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ मैले आफ्नो उम्मेदवारी घोषणा गरेको छु।

यो क्षेत्रमा गिरिजाबाबुले आफ्नो उर्वर समय खर्चिनु भएको छ यस क्षेत्रको बिकाश गर्ने जिम्मेवारी मेरो पनि हो। क्षेत्र न-२ संग मेरो भावनात्मक सम्बन्ध जोडिएको छ यो क्षेत्रको बिकाश नै मेरो जिन्दगीको लक्ष्य हुने छ कोइरालाले बताईन्।

कोईराला नेपालको राजनीतिमा लामो समय देखि सकृय छिन् । कोमल मन भएकी कोईराला समाज सेवामा समर्पित छिन् । सहयोगी भावना र समाजका लागि केही गर्ने दृढ इच्छाशक्ति भएकाले नै उनी समस्यामा परेकाहरुलाई यथा सम्भव सहयोग गर्दै आईरहेकी छिन्।

उनले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यक्ता रहेको बताइन् ।

कारण दुई पटक विघटन गरिएको संसद् गठबन्धनका पुनःस्थापना र नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएकाले स्वार्थी बन्न नहुँने भन्दै उनले पार्टीको केन्द्रीय कार्य समितिको निर्णय सबै नेता तथा कार्यकर्ताले अनुशरण गरी अघि बढ्नुपर्नेमा जोड दिइन् ।

नेत्री कोइरालाले पार्टीलाई पुनः सत्तामा जानका लागि गठबन्धन आवश्यक भएको चर्चा गर्दै गठबन्धन सरकारबाट नै लोकतन्त्रको संस्थागत विकास, रोजगारी अभिवृद्धि र सामाजिक रुपान्तरण हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस