Latest News

आज यी ठाउँमा अहिलेसम्मकै ठूलो पानी पर्ने, मौसमिद्ले दिए कडा चेतावनी

Nepalese Times August 10, 2022 (1 Year ago)    362 Views

काठमाडौं ।

हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित मध्यम वर्षा भइरहेको छ।

अबको २४ घण्टाभित्र देशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सूदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्को चेतावनी छ ।

बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,बागमती र गण्डकी प्रदेशका एक-वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

बुधबार राती बागमती, गण्डकी, लुम्विनी, कर्णाली र सूदुरपश्चिम प्रदेशहरुमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बागमती र गण्डकी प्रदेशका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र सूदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबार राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती,गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रबार  राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस