Latest News

सबै विद्यालय ६ दिन बन्द गर्ने निर्णय

Nepalese Times August 10, 2022 (1 Year ago)    308 Views

काठमाौं ।

कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् ।

गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गापमा सबैभन्दा बढी सङ्क्रण देखिएको छ । यहाँ एकै दिन ५५ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

मङ्गलबारसम्म जिल्लामा ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय जनाएको छ । सङ्क्रमणको अवस्था हेरेर बन्द विद्यालय सञ्चालन गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

यस्तै लमजुङको बेंसीसहर नगरपालिका वडा नम्बर ७ स्थित जनविकास माध्यमिक विद्यालयका विद्यार्थीमा रुघाखोकी र ज्वरोको समस्या देखिएपछि विद्यालय बन्द भएको छ।

विद्यालयमा अध्ययनरत विद्यार्थीमा रुघाखोकी, ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएकाले विद्यालय दुई दिनका लागि बन्द गरिएको हो। विद्यालयका प्रधानाध्यापक रत्नमान श्रेष्ठका अनुसार विद्यार्थीमा केही समयदेखि स्वास्थ्य समस्या देखिएको थियो।

आइतबारदेखि बिरामी हुने विद्यार्थीको संख्या बढ्दै गएपछि मंगलबार विद्यालय बुधबार र बिहीबारका लागि बन्द गरिएको हो। विद्यालयका केही शिक्षकमा पनि रुघाखोकी र ज्वरोको समस्या देखिएको छ। बिरामी विद्यार्थी र शिक्षकको संख्या बढ्नसक्ने जोखिमले विद्यालय बन्द गरिएको उनको भनाइ छ।

एकबाट अर्कोमा समस्या सर्नसक्ने भएकाले समयमै सचेत भएको विद्यालयका प्रधानाध्यापक श्रेष्ठले बताए । कोरोना भाइरस ९कोभिड–१९० को चौंथो लहर बढिरहेका बेला विद्यार्थीलाई रुघाखोकी र ज्वरोले सताएपछि थप भयावह अवस्था आउन नदिन विद्यालय बन्द गर्नुपरेको जनाएको छ। दुई दिन बन्द गरेपछिको अवस्था हेरेर सोही अनुसार अघि बढ्ने विद्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस