Latest News

यी चर्चित अभिनेतृ दोस्रो सन्तान भएको २१ दिनपछि फेरि गर्भवती भइन् !

Nepalese Times August 9, 2022 (1 Year ago)    354 Views

काठमाडौं ।

यतिबेला हलिउड स्टार सोफी टर्नर आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् । ‘गेम अफ थ्रोन्स’ अभिनेत्रीले भर्खरै आफ्नो दोस्रो सन्तानलाई जन्म दिएकी छन् । यसका साथै सोफी टर्नर आफ्नो तेस्रो गर्भावस्थाको खबरले फेरि एकपटक चर्चामा आएकी छन् ।

वास्तवमा सोफी टर्नरको पछिल्लो तस्वीर सामाजिक सञ्जालमा तीब्र रुपमा भाइरल भइरहेको छ । अभिनेत्रीको उक्त तस्वीर सार्वजनिक हुनेबित्तिकै उनको तेस्रो गर्भावस्थाको चर्चा सुरु भएको हो ।
त्यसोत, केही समय अगाडि मात्रै उनी दोस्रो पटक आमा बनेकी थिइन् । यसैबीच, सोफीले फेरि आफ्नो बेबी बम्पसँग नदेखिएको तस्वीर शेयर गरेकी छन्, जसका कारण उनी पुनः चर्चामा आएकी हुन् । सोफीको उक्त तस्वीरले सामाजिक सञ्जालमा त्रास फैलाएको छ ।

तस्वीर देखेर उनका फ्यानहरुमा निकै अलमल छाएको छ । सोफी टर्नरले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा सुन्दर तस्वीर सेयर गरेकी छन्, जहाँ उनले आफ्नो बेबी बम्प फ्ल्यान्ट गरिरहेकी छन् । उनले कालो क्रप टप र लेगिङसहित खैरो सुन्तला रंगको ज्याकेट लगाएकी छन् ।

सावजनिक तस्वीरमा सोफी ओछ्यानमा आँखा चिम्लिएर मुस्कुराइरहेकी छन् । उनले यो तस्वीरको क्याप्सनमा लेखेकी छन्, ‘फुल अफ बेबी ।’ यसै क्रममा उनको यो सस्पेन्सफूल तस्वीर देखेर केही प्रयोगकर्ताले उनी तेस्रो पटक गर्भवती भएकी आक्लन गर्न थालेका छन् ।

तस्वीरमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ’म तिम्रो लागि खुसी छु सोफी ।’ त्यस्तै अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ’बच्चाहरू खान बन्द गर्नुहोस्, सोफी ।’ त्यही क्रममा अर्काले कमेन्ट गर्दै सोधेका छन्, ‘यो नयाँ फोटो हो कि पुरानो ?’

सोफीको यो तस्वीर देखेपछि तस्वीर नयाँ हो कि पुरानो हो ? भने धेरै मानिसहरु अलमलमा परेका छन् । त्यसोत, सोफी टर्नर र जोन जोनसले २९ जुन २०१९ मा विवाह गरेका थिए । दुवैको दुई वर्षीया छोरी भिला छन् । साथै उनीहरु दुवै जना गत जुलाई १४ मा दोस्रो छोरीका आमाबुवा बनेका छन् । सोफी हलिउडकी चर्चित अभिनेत्री हुन् । उनी ’द गेम अफ थ्रोन्स’ को लागि परिचित छन् ।

 

 

View this post on Instagram

 

A post shared by S O P H I E T U R N E R (@sophiet)

प्रतिक्रिया दिनुहोस