Latest News

मिस नेपाल प्रियङ्काले अमेरिकामा पाईन् यति ठूलो सम्मान

Nepalese Times August 9, 2022 (1 Year ago)    353 Views

काठमाडौं –

‘मिस नेपाल वर्ल्ड २०२२’ प्रियंका रानी जोशी न्युयोर्क राज्य विधानसभाबाट सम्मानित भएकी छन् । हाल अमेरिकामा रहेकी जोशीलाई विधानसभाले सम्मान गरेको हो ।

राज्य विधानसभाको प्रतिनिधित्व गर्दै जोशीलाई न्युयोर्क राज्य विधानसभाको डिस्ट्रिक्ट ३६ की सदस्यसमेत रहेकी सांसद जेनिफर राजकुमारले सम्मापन पत्र प्रदान गरिन् ।

नेपाली समाजको रोल मोडल बनेको र बिजुली नपुगेको नेपाली गाउँमा सोलार परियोजना स्थापना गर्ने कार्य थालनी गरेको भन्दै सांसद राजकुमारले सम्मान प्रदान गरेकी हुन् ।

न्युयोर्क एसेम्बलीअन्तर्गतको डिस्ट्रिक्ट ३८ की सदस्य समेत रहेकी जेनिफरले सम्मानपत्रमा प्रियंकाले व्यावसायिक, सामाजिक र मानवीय कार्यमा योगदान पुर्‍याउन भूमिका खेलेको समेत बताएकी छन् ।

महिलाका लागि आदर्श व्यक्ति बनेको भन्दै जेनिफरले प्रियङ्काको बाह्य सौन्दर्यलाई आन्तरिक सौन्दर्यले जितेको भन्दै प्रशंसा समेत व्यक्त गरेकी छन् । जेनिफरको निर्वाचन क्षेत्रअन्तर्गत न्युयोर्कको ३८ नम्बर डिस्ट्रिकमा नेपालीहरूको सघन बसोबास छ ।

जेनिफरले नेपाली समुदायको क्षेत्रमा समेत कार्य गर्दै आएकी छन् । मिस नेपाल प्रियङ्का गत साता न्युयोर्क पुगेकी थिइन् । मिस वर्ल्डअन्तर्गत ब्युटी विथ पर्पसको लागि बिजुली परियोजना बनाउन लगानी जुटाउने र मिस नेपाल नर्थ अमेरिकाको फिनालेमा भाग लिन उनी त्यता लागेकी हुन् ।

प्रियङ्का दुई साता अमेरिकामा रहने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस