Latest News

देउवासँगको छलफलमा बाबुराम भट्टराईले गरे यस्तो प्रस्ताव, के गर्लान माधव-प्रचण्ड ?

Nepalese Times August 9, 2022 (1 Year ago)    309 Views

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच भेट भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको समाजवादी पार्टीले जनाएको छ।भेटवार्तामा नेपाल समाजवादी पार्टी पाँच दलीय गठबन्धनमा सामेल हुने र चुनावी तालमेल गर्ने विषयमा पनि छलफल भएको बताइएको छ।

देउवाले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि पाँच दलीय सत्ता गठबन्धनमा समेट्ने बताएका छन् । बाबुरामलाई सँगै लिएर जान गठबन्धन तयार रहेको पनि उनको भनाइ छ ।

भेटका क्रममा बाबुरामले पाँच दलीय गठबन्धनमा राख्न प्रस्ताव राखेपछि देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘हामीहरू यही पाँच दलीय गठबन्धनकै हिस्सेदार हौँ । यो बीचमा पार्टी विभाजन भई नयाँ परिस्थिति विकसित भएर नयाँ पार्टी गठन गर्यौँ, हामीलाई पाँच दलीय गठबन्धनमा समेट्न भन्यौँ । उहाँले सकारात्मक जवाफ दिनुभयो ।’ महेन्द्र यादवले भने,‘

पाँच दलीय गठबन्धनमा सीट बाँडफाँड गर्न बनेको कार्यदलमा समेत बाबुराम नेतृत्वको पार्टीको प्रतिनिधित्व गराउने विषयमा देउवाले गठबन्धनमा सल्लाह गर्ने बचन दिएका छन् ।

डा. भट्टराई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट अलग भएपछि गठबन्धन भन्दा बाहिर छन्। छलफलमा नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्र यादव पनि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस