Latest News

प्रधानमन्त्री देउवासँगको भेटमा झलनाथ खनालले जब यसो भने !

Nepalese Times August 9, 2022 (1 Year ago)    307 Views

काठमाडौं –

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी प्रदेश र संघीय निर्वाचनमा सिट बाँडफाँटमा अपमान गरिए तालेमेल नहुने चेतावनी दिएका छन्।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा नेता खनालले यस्तो चेतावनी दिएका हुन्। निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने प्रस्ताव हरेका हुन्।

यस्तै मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरबारे भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेको सम्बन्धमा जानकारी गराउन प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) पुगेका उनले गठबन्धनमा जोड दिएका छन्।

उनले गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल नहुने भन्दै सबैलाई दललाई समान रुपमा सिट बाँडफाँट गर्ने बुटी खोजेर अघि बढ्नुपर्ने बताए।’

‘गठबनधनले सिट बाँडफाँटका लागि कार्यदल बनाएको छ । भदौ पहिलो साताभित्र सिट बाँडफाँटको मोडालिटी कार्यदलले तय गर्छ’, नेता खनालले भने, ‘यसमा सामान्यतया सन्दर्भ सामग्री २०७४ सालको निर्वाचन र हालै सम्पन्न स्थानीय निर्वाचनको परिणामलाई सन्दर्भ सामग्री बनाउनुपर्छ ।’

यस्तै वाम एकताका सबैभन्दा ठूलो दलकै पहल नरहेको भन्दै तत्काल कुनै पनि बृहत वाम एकताको सम्भावना नरहेको दाबी गरे।

यस्तै उनले परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जान लागेको विषयमा यो महत्वपूर्ण भ्रमण रहेको बताए। चीन भ्रमणमा जाँदा नेपालले चीनसँग गरेको बीआरआई सम्झौता र सीमा समस्या र सम्भव हुने सहमतिका बारेमा जोड दिनुपर्ने उनको भनाइ छ

प्रतिक्रिया दिनुहोस