Latest News

दिवसका अवसरमा आज सार्वजनिक बिदा

Nepalese Times August 9, 2022 (1 Year ago)    302 Views

तनहुँ – विश्व आदिवासी दिवसका अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। आज (२४ साउन) मनाइने सो दिवसका लागि यहाँका शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन्।

ती पालिकाले सोमबार अलग अलग विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन्।

विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आज जिल्लाका दशवटै स्थानीय तहमा बिबिध कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिए।

उक्त दिन नगरपालिकाकाअन्तर्गतका अत्यावश्यक सेवा बाहेकका कार्यालय बन्द रहने नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए।

आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले उक्त दिन जिल्लाका १० वटै पालिकामा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाउँदैछ । नगरपलिकाले उक्त दिन सार्वजनिक बिदा दिएकामा परिषद्की अध्यक्ष बसुन्धरा घर्तीले धन्यवाद ज्ञापन गरे।

कार्यपालिका बैठकले चालु आर्थिक वर्ष २०७९/८० का बजेट कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि वार्षिक कार्ययोजना निर्माण गर्न प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलालाई जिम्मा दिने निर्णय गरेको छ ।

नगरपालिका भित्रका सामुदायिक माध्यमिक विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यापकको संयुक्त बैठक राखी एसइईको नतिजाको विश्लेषण गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले बताए ।

व्यास नगरपालिकाको मूल कार्यालयमा शुल्क नलाग्ने टेलिफोन कल सेन्टर र सबै वडामा सेवाग्राहीलाई आवश्यक निवेदन, फोटोकपी सेवा भदौ १ गतेदेखि निःशुल्क प्रदान गर्ने निर्णय गरिएको छ ।

बैठकले महालेखा परीक्षक कार्यालयबाट प्राप्त आव २०७७÷७८ को लेखापरीक्षण प्रतिवेदन कार्यपालिका बैठकमा छलफल गरी बेरुजु फछ्र्यौट अभियानलाई तदारुकता दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस