Latest News

माधव नेपालको क्षेत्र रौतहट पुगेर ओलीले के- के भने ?

Nepalese Times August 8, 2022 (1 Year ago)    340 Views

रौतहट – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई निकास दिने एक मात्र पार्टी एमाले रहेको दावी गरेका छन् । गठबन्धन सरकार विकासविरोधी भएको र भ्रष्टाचारमा डुबेको एमाले अध्यक्ष ओलीले आरोप लगाएका छन् ।

एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको बेला रौतहटको बिकासको लागि छनौट गरिएका सयौं योजनाहरू गठबन्धनको सरकारले हटाएको आरोप लगाए ।

रौतहट जिल्ला कै माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा यो जिल्लाको विकासको लागि सिन्का समेत नभाँचेको ओलीले आरोप लगाए ।

ओलीले भने, ‘अरु पार्टिले २०-२५ वर्षमा गर्न नसकेको काम नेकपा एमालेले ३ वर्षमा गरेर देखाएका छन् तर यही जिल्लाको माधवकुमार नेपालले २१ महिना प्रधानमन्त्री हुँदा जिल्लाको विकासको नाममा सिन्को पनि भाँचेनन् ।’ आफू प्रधानमन्त्री हुँदा रौतहटको विकास मात्रै होइन देश कै जिकासको लागि थुप्रै योजनाहरु राखेको चाहे त्यो सडक सञ्जाल, शिक्षा, स्वास्थ्य लगायतका सय भन्दा बढी योजना अहिलेको सरकारले खारेज गरेको आरोप लगाए ।

ओलीले तराई मधेसमा हुने डुबान समस्या समाधानका लागि आफूले भारतसँग कुरा गरेको तर अहिलेको सरकारले केही गर्न नसकेको बताएका छन् ।

आफूले भारतसँग कुरा गरेपछि दुई देशको संयुक्त टोलीले निरीक्षण गरेको भन्दै ओलीले रौतहटमा भएको कार्यक्रममा भने, ‘गौरकोे डुबानको समस्या मैले देखेको छु, यहाँको यो समस्या समाधानका लागि मैले भारतका प्रधानमन्त्रीसँग वार्ता गरेको छु, दुई देशको संयुक्त टोलीले यहाँ निरीक्षण गरेको छ ।’

सीमा क्षेत्रमा भारतले जमिन उकासेर पक्की सडक बनाएका कारण पानीको निकास बन्द भएर सीमा क्षेत्रमा नेपालको भूमि बर्सेनी डुबानमा पर्ने गरेको छ ।

‘कैलालीमा डुबानमा छ, गौरमा डुबान छ, अरु विभिन्न ठाउँमा डुबान छ,’ ओलीले भने, ‘त्यो डुबानको समस्या समाधान हुनैपर्छ, पानीलाई स्वतन्त्र रुपमा बग्न दिनुपर्छ भनेर मैले भारतसँग कुरा गरेको छु, अहिलेको सरकारको त केही क्षमता रहेनछ ।’

प्रतिक्रिया दिनुहोस