Latest News

आम निर्वाचन : एआईजी थापाले पाए महत्वपूर्ण जिम्मेवारी

Nepalese Times August 8, 2022 (1 Year ago)    192 Views

काठमाडौं ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले केन्द्रीय निर्वाचन सेल गठन गरेको छ।

प्रहरी प्रधान कार्यालयले कार्य विभागमा कार्यरत एआईजी सहकुलबहादुर थापाको कमाण्ड केन्द्रीय निर्वाचन सेल गठन गरेको हो। केन्द्रीय निर्वाचन सेल गठन भएसँगै एआईजी थापाकै कमाण्ड मातहतमा अन्य निर्वाचन सुरक्षा समितिहरुले काम गर्ने छन्।

केन्द्रीय निर्वाचन सेलले चुनावी सुरक्षा रणनीति बनाएर काम गर्नेछ। थापा नेतृत्वकै सेलले चुनावी सुरक्षाका बारेमा केन्द्रबाट प्रदेश र जिल्लाहरुमा आवश्यक सहकार्य र सहजीकरण गर्ने छ।

मन्त्रिपरिषद्ले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचनको मिति घोषणा गरेको छ । २०७९ मंसिरमा हुने निर्वाचनका लागी प्रहरी प्रधान कार्यालयले प्रदेश र जिल्ला निर्वाचन सेल गठन गर्न देशभर सर्कुलर गरेको छ ।

प्रहरी हेडक्वार्टरले सोमबार प्रदेशस्तरीय निर्वाचन सेल र जिल्ला तहमा पनि निर्वाचन सेल गठन गरेर चुनावी सुरक्षा तयारी गर्न सात प्रदेश र ७७ जिल्लामा पत्राचार गरेको छ ।

केन्द्रीय निर्वाचन सेललाई चुनाव केन्द्रित योजना बनाउने र केन्द्रीय योजना कार्यान्वयन गर्ने अधिकार हुन्छ ।

प्रतिक्रिया दिनुहोस