Latest News

एमाले अध्यक्ष ओली चढेको हेलिकोप्टर ठूलो दुर्घटनाबाट बच्यो

Nepalese Times August 8, 2022 (1 Year ago)    370 Views

काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकोप्टर ठूलो दुर्घटनाबाट बचेको छ । सोमबार दिउँसो सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।

रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट आउने क्रममा मौसम खराब भएपछी सिम्रीक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो।

अत्यधिक वर्षाका कारण गौर पुग्न सक्ने अवस्था नभएपछी हेलिकोप्टरलाई सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बताइएको छ। हेलिकोप्टरमा अध्यक्ष ओलीसहित उनका सहयोगी सवार रहेका थिए।

आकस्मिक अवतरण गरेपछि अध्यक्ष ओलि सिमरा विमानस्थलको विशिष्ट कक्षमा बसेका छन्। ओलीको आकस्मिक अवतरण भएपछि जीतपुर सिमरा उपमहानगरपालिका नगर उप्रप्रमुख भोलाप्रसाद अधिकारी, एमाले नेता मनोज पौडेलसहित एमालेका नेताकार्यकर्ता विमानस्थल पुगेका छन्।

मौसमको प्रतिक्षामा रहेका ओली हेलिकप्टर उड्न नसके सडकमार्ग भएर गौर पुग्ने विषयमा छलफल भइरहेको एमाले नेता पौडेलले बताए। रौतहटको गौरमा आज बिसाल सभा तथा पार्टी प्रवेश कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस