Latest News

माओवादी केन्द्रको बैठकले प्रचण्ड चुनाव लड्ने निर्वाचन क्षेत्र तोक्यो, कहाँबाट उम्मेदवारी दिने भए ?

Nepalese Times August 8, 2022 (1 Year ago)    457 Views

काठमाडौं ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने भएका छन् ।

आगामी मंसिर ४ मा घोषणा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन–३ बाट उम्मेदवार बन्ने भएका हुन् ।

पार्टीको चितवन जिल्ला कमिटि बैठकले अध्यक्ष प्रचण्डलाई चितवन–३ बाट उम्मेदवार बनाउन निर्णय गरेको हो । प्रचण्ड चितवन–३ बाट चुनाव लड्ने निश्चित रहेको माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले बताए ।

अध्यक्षले सार्वजनिक रुपमै पटकपटक चितवनबाट चुनाव लड्ने घोषणा गरेका कारण चितवनभन्दा बाहिर पठाउने कुरा कल्पनासम्म गर्न नसहिने उनको भनाइ छ । प्रचण्ड ०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

अधिकारीले आफ्नो दलले चितवनका सबै निर्वाचन क्षेत्रमा निर्वाचन तयारी थालिसकेको बताए । आइतबार पार्टीका बागमति प्रदेश इन्चार्ज हितमान शाक्यको उपस्थितिमा भरतपुरमा बसेको जिल्ला कार्यालयको विस्तारित बैठकले चुनाव लक्षित एक महिने संगठन सुदृढीकरण र जनसम्बनध विस्तार अभियान सुरु भएको अधिकारीले उल्लेख गरे ।

बैठकले एकमतले प्रचण्डलाई चितवन–३ बाटै निर्वाचन उठाउने निर्णयसमेत गरेको उनले जनाए । अधिकारीले माओवादी इतर राजनीतिक दलका कार्यकर्ता र मतदाता तथा व्यवसायी, बुद्धिजिवी, पेशाकर्मीसमेतले प्रचण्डलाई चितवनबाट बाहिर जान नदिन आफूहरुलाई खबरदारी गरिरहेको कारण पनि पर्टीले यो निर्णय गर्नु परेको बताए ।

जिल्लामा माओवादीले मात्र नभएर चितवनको विकास चाहने काँग्रेस, एमाले, राप्रपा लगायत दलका कतिपय नेता कार्यकर्ताले भेटेरै प्रचण्डलाई अन्त जान नदिन दबाब दिइरहर्नुका र प्रचण्डलाई फेरि जिताएर पठाउन आफुहरु आतुर रहेको उनको भनाइ छ ।

पार्टी अध्यक्ष हुनुको नाताले आफ्नो जिल्ला वा निर्वाचन क्षेत्रमा आएर चुनाव लडिदिए हुन्थ्यो भन्ने चाहना देशभर रहे पनि त्यो सम्भव नहरेको बताउँदै उनले प्रचण्ड ले अमुक जिल्ला वा क्षेत्रबाट चुनाव लड्ने भनी आएका हल्लाको पछि नलाग्न अधिकारीले आग्रह गरे ।

प्रचण्डलाई रुकुमपश्चिम, बर्दिया, सिन्धुली, गोरखा लगायत जिल्लाबाट चुनाव लड्न ती जिल्लाका माओवादी नेता कार्यकर्ताले आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस