Latest News

रामकुमारी झाँक्रीलाई कारबाही गर्ने माधव नेपालको तयारी

Nepalese Times August 8, 2022 (2 Year ago)    290 Views

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) ले नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई कारबाही गर्ने तयारी गरेको छ ।

पार्टीको विधानविपरित झाँक्रीले अभिव्यक्ति दिएको भन्दै उनलाई अनुशासनको कारबाही गर्न लागिएको पार्टीनिकट स्रोतले जनाएको छ ।पछिल्लो समय झाँक्रीको पार्टीका शीर्ष नेताहरुसँग पानी बाराबारको सम्बन्ध छ ।

कतिपयले भने उनी अब एमाले फर्कने तयारीमा रहेको पनि बताउन थालेका छन् । अध्यक्ष माधव नेपालसँग पनि उनको बोलचाल बन्द छ । हिजोमात्रै अध्यक्ष नेपाल र सम्मानि नेता झलनाथ खनालले नेतृ झाँक्रीबारे छलफल गरेका थिए ।

उनीहरुले झँक्रीको व्यवहार यस्तै कायम रह्यो र पार्टीको हितविपरित अभिव्यक्ति दिए अनुशासनको कारबाही गर्नेसम्मको तयारी गरेको स्रोतको दाबी छ । झाँक्रीलाई मन्त्री बनाउनको लागि अध्यक्ष नेपालले नै ठूलो भूमिका खेलेका थिए ।

मन्त्री बनेपछि झाँक्रीको अध्यक्ष नेपालसँग राम्रौ सम्बन्ध थियो । तर, मन्त्रीबाट हटाउने निर्णय गरेपछि भने उनी अध्यक्ष नेपालसँग रुष्ट बनेको बताईन्छ ।

उनले आफूहरुलाई एक वचन पनि नसोधी अध्यक्षले अपमानजनक रुपमा मन्त्रीबाट फिर्ता बोलाएको भनेर सार्वजनिक रुपमै नेतृत्वको आलोचना गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस