Latest News

खाजा घरका संचालक ज्यान गएको अवस्थामा फेला, घटनाको वास्तविकता के हो ?

Nepalese Times August 8, 2022 (1 Year ago)    529 Views

धादिङ ।

धादिङको थाक्रे ८ मा एक होटर व्यवसायी ज्यान गएको अवस्थामा फेला परेका छन् ।

उक्त स्थानमा होटल गरि बस्ने धुनिवेशी वडा नम्बर ५ का सजन रुपाखेती होटल रहेको घर नजिकै ज्यान गएको अवस्थामा फेला परेका हुन् । न्यु धार्के खाजा घरको सञ्चालक रहेका रुपाखेती आईतबार हिजो राती एक्लै सुतेका थिए ।

उनको शव बिहान मात्र होटल रहेको घरको कम्पाउण्ड वाल माथी भेटिएको थियो । मृतक रुपाखेतीको आत्महत्या वा हत्या के हो भन्ने विषयमा अनुषन्धान पछि मात्र भन्न सकिने प्रहरीले बताएको छ ।

यस्तै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता मृत फेला परेका छन् । पार्टीको विशेष कमिटीका सदस्य, पूर्व जिल्ला इन्चार्ज तथा जिल्ला नेता लोकमान केसी (लोकपाल) बिहीबार बिहान मृत फेला परेका हुन् ।

छत्रेस्वरी गाउँपालिका–४ भिम्पे ठूलीखर्क घर भएका उनी बाग्चौर नगरपालिका–१० मोख्ला नजिकै धान खेतमा मृत भेटिएका हुन् । झोला बोकेका उनी धान खेतमा घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए ।

केसी मृत अवस्थामा फेला परेको खबर पाएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

मोख्लाबाट स्यानीखालतिर जाने क्रममा भीरबाट लडेको जस्तो देखिएको भए पनि घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।घटनाको अनुसन्धान लगत्तै मृत अवस्थामा फेला परेका नेता केसीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस