Latest News

अर्थमन्त्रालयले चोर बाटोबाट फेरि बढायो कर्मचारीको तलव

Nepalese Times August 8, 2022 (1 Year ago)    413 Views

काठमाडौं –

अर्थमन्त्रालयले चोर बाटोबाट कर्मचारीको तलव वृद्धि गरेको छ । चालू आर्थिक वर्ष २०७९ /०८० का लागि सरकारले जेठ १५ गते सबै तहका कर्मचारीको तबल १५ प्रतिशतले वृद्धि गरेको थियो ।

तर चोर बाटोबाट निजामती सेवाका शाखा अधिकृतदेखि सचिवसम्मका कर्मचारीहरूको तलब २४ प्रतिशत बढाइएको हो ।अघिल्लो महिनासम्म ३७ हजार ९ सय ९० तलब पाएका अधिकृतहरूले साउन महिनाबाट ४७ हजार २ सय ८ रुपैयाँ तलब पाउने भएका छन् ।

जबकी १५ प्रतिशतले मात्रै बढ्दा उनीहरूले ४३ हजार ६ सय ८९ तलब पाउने अवस्था थियो । यस हिसाबले अधिकृतको तलब २४ प्रतिशतले वृद्धि भएको छ । अधिकृतहरूले थप ३५ सय १९ रूपैयाँ तलब पाउने भएका छन् ।

त्यस्तै उपसचिवको तलब २३.३ प्रतिशतले वृद्धि भएर ५२ दुई सय ७९ पुगेको छ । जबकि बजेट भाषणमा भनेअनुसार मात्रै तलब वृद्धि भएको भएको उपसचिवले ४८ हजार ७ सय ३७ रूपैयाँ पाउने थिए ।

सहसचिवको तलब पनि ४९ हजार ३८० बाट बढेर ६१ हजार ५० पुगेको छ । १५ बढ्दा ५६ हजार ७ सय ७८ तलब पाउने सहसचिवहरूले अब २३.६ प्रतिशत बढी पाउने भएका छन् ।

त्यसै गरी सचिवको तलब पनि यो वर्ष ११ हजार पाँच सय ४१ ले वृद्धि भएको छ । ६२ हजार १ सय ४० तलब पाउँदै आएका सचिवहरूले १५ प्रतिशत बढ्दा ७२ हजार ८२ रूपैयाँ पाउने भएपनि अब १८.४ प्रतिशतले वृद्धि हुँदा ७४ हजार २ सय २१ पाउने भएका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बजेटमा घोषणा गरे भन्दा बढी हुने गरी तलब वृद्धिका लागि स्वीकृति दिएको छ ।

यसले राज्य कोषमाथि थप करोडौँ रूपैयाँ भार थप्नेछ । बजेटमा भनेअनुसार १५ प्रतिशत मात्रै वृद्धि गरेर तलब वृद्धिका लागि अर्थले स्वीकृति दिइसकेको अवस्थामा संसदीय समितिमार्फत चलखेल गरेर तलबको नयाँ रोष्टर स्वीकृत गराइएको हो ।

प्रतिक्रिया दिनुहोस