Latest News

रवि लामिछानेविरुद्ध ९ वटा मुद्धा दर्ता, के-के छन् अभियोग ?

Nepalese Times August 7, 2022 (1 Year ago)    657 Views

काठमाडौं । नेपालमा प्रधानमन्त्री बन्ने भन्दै स्वतन्त्र पार्टी दर्ता गरेका रवि लामिछानेविरुद्ध अमेरिकी अदालतमा ९ वटा मुद्दा दर्ता भएको भेटिएको छ ।

सम्बन्ध विच्छेदबाहेक विभिन्न बैंक तथा वित्तीय संस्थाले दायित्व भुक्तानी नगरेको भन्दै लामिछानेलाई प्रतिवादी बनाएर अमेरिकाको मेरिल्याण्ड राज्यमा मुद्दा दर्ता भएको भेटिएको हो ।

मेरिल्याण्डको टाउसन र बाल्टिमोर काउन्टी अदालतमा लामिछाने विरुद्ध मुद्दा छ । जसमा एक मुद्दा अहिले पनि विचाराधिन रहेको छ ।अमेरिकाबाट नेपाल फर्किएका लामिछानेले अमेरिकामा रहँदा लिएको बैंक तथा वित्तीय संस्थाको ऋण समयमै भुक्तानी नगरेको भन्दै विभिन्न अदालतमा मुद्दा परेको हो ।

यसबाहेक उनले अमेरिकामा रहँदा सञ्चालन गरेको व्यवसायको लागि खाद्यान्न सप्लाइ गर्ने कम्पनीले समेत समयमा भुक्तानी नपाएको भन्दै अदालतमा मुद्दा दर्ता गरेको थियो । उनको नाममा मेरिल्याण्डमा मात्रै ९ मुद्दा दर्ता भएको देखिन्छ ।

अमेरिकामा रहंदा लामिछाने मेरिल्याण्ड राज्यमा बस्दै र व्यवसाय सञ्चालन गर्दै आएका थिए । जसमा एक मुद्दा मेरिल्याण्ड राज्य सरकारले पनि दायर गरेको छ । राज्य सरकारले भने समयमा कर नतिरेको भन्दै मुद्दा दर्ता गरेको थियो ।

धेरैजसो मुद्दा लामिछानेले समयमा वित्तीय दायित्व भुक्तानी नगरेको विषयमा रहेको छ । यसमा धेरै मुद्दाहरु किनारामा लागेको भएपनि डिस्कोभर बैंकले बाल्टिमोर काउन्टी अदालतमा दायर गरेको मुद्दाको पूर्ण फैसला आइसकेको छैन ।

रविले अमेरिकामा रहँदा बस्दा गरेको कारोबारको रकम समयमा भुक्तानी नदिएको वा क्रेडिट कार्डको ऋण समयमा नतिरेकोमा बैंकहरुले अदालतमा मुद्दा दर्ता गरेको देखिएको छ । मुद्दाहरु सन् २०१८ र २०२१ को बीचमा दर्ता भएका छन् ।

अमेरिकामा समयमा ऋण नतिरेको खण्डमा अदालती प्रक्रियाबाट ऋणको असुल गर्ने कानूनी प्रक्रिया रहेको छ । अमेरिकामा समयमा ऋण नतिर्नुलाई अपराधको रुपमा हेरिन्छ । अदालती प्रक्रिया गएपछि ऋण भुक्तानी गरेपनि उक्त विकल्प अन्तिम विकल्पको रुपमा रहँने र खराब रेकर्ड रहने गर्छ ।

नेपालमा पत्रकारिताको रुपमा राम्रो छवि बनाएका लामिछाने अहिले राष्टिय स्वतन्त्र पार्टीको नाममा चुनावमा जाने तयारी गरिरहेका छन् । अमेरिकामा भने उनको नाममा रहेको केही मुद्दाको अन्तिम फैसला आउनै बाँकी छ । यसबीचमा २०२१ सालमा अमेरिकामा लामिछानेको नाममा रहेको घर विक्री गरिएको परदेशी पोष्टले खबर लेखेको छ ।

प्रतिक्रिया दिनुहोस